बुधबार, कार्तिक ४ २०८३

बुधबार, कार्तिक ४ २०८३
  • ४ कार्तिक २०८३ , बुधबार
  • October 21 2026

देवकुमारको बयान : ‘जिवि समुहले फर्जी काम गरे, म हुँदा भएको समस्याको दायित्व वहन गर्छु’

देवकुमारको बयान : ‘जिवि समुहले फर्जी काम गरे, म हुँदा भएको समस्याको दायित्व वहन गर्छु’


  • ढोरपाटन संवाददाता
  • पुष ९ २०८१, मंगलबार

पोखरा/इमेज सहकारी ठगी प्रकरणमा पुर्पक्षमा रहेका देवकुमार नेपालीले सुर्यदशर्न सहकारीको सञ्चालक समितिमा हुँदा बखत भएका रकम हिनामिनामा कानुन बमोजिम दायित्व वहन गर्न तयार रहेको बताएका छन् । उनले बयानको क्रममा जिवि राईको समुहले फर्जी र गैर कानुनी काम गरेको समेत बयान दिएका छन ।
आइतबार रास्वपाका सभापति रवि लामिछानेसहित ४४ जना विरुद्ध जिल्ला अदालत कास्कीमा दायर भएको पुरक अभियोगपत्रमा उनले जिविराईले सहकारीमा मनलाग्दी गर्न लागेपछि राजिनामा दिएको र आफु सञ्चालक समितिमा हुँदा देखिएका समस्याको दायित्व वहन गर्न तयार रहेकोे उल्लेख गरिएको छ ।
इमेज सहकारीका सञ्चालक ढोरपाटन नगरपालिकाका मेयर समेत रहेका देवकुमार नेपालीले ज्ञान बहादुर बम्जन र उनको बहिनी ज्वाई जिवि राईले सहकारीमा हाबी भएपछि मनोमानी ढंगले सहकारीको रकम चलाएपछि आफुले राजिनामा दिएको बयान दिएका छन् । उनले राजिनामा पछि ऋण लगानी सम्बन्धमा आफुलाइ कुनै जानकारी नभएको र यी फर्जी र गैर–कानूनी कार्य निजै गितेन्द्र बाबु राई समेतको समूहले गरेको बयान दिएका छन । उनले आफु समितिमा हुँदा रकम हिनामिना भएको देखिएका कारण सञ्चालक समितिको जिम्मेवारीका कारण दायित्व वहन गरि कानुन बमोजिम दायित्व वहन गर्ने बयान दिएका छन् ।
सूर्यदर्शन बचत तथा ऋण सहकारी संस्था लिमिटेडको २०६७ पुस ६ गतेको तेस्रो वार्षिक साधारण सभाले देवकुमारलाई सञ्चालक समितिको सस्दय पदमा मनोनयन गरेको थियो । ०६८ मंसिर १७ गतेको चौंथो वार्षिक साधारण सभाबाट उपाध्यक्षमा निर्वाचित भएका थिए । त्यसपछि असन्तुष्टि रहेका उनले राजिनामा दिएका थिए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->