बुधबार, कार्तिक ४ २०८३

बुधबार, कार्तिक ४ २०८३
  • ४ कार्तिक २०८३ , बुधबार
  • October 21 2026

७ सिटर प्रिमियम एमपीभी बिवाईडी एम ६ को ग्राण्ड लन्चिङ, १०० वटा डेलिभरी

७ सिटर प्रिमियम एमपीभी बिवाईडी एम ६ को ग्राण्ड लन्चिङ, १०० वटा डेलिभरी


  • ढोरपाटन संवाददाता
  • पुष ९ २०८१, मंगलबार

पोखरा/ नेपालमा बीवाईडी एम६ को ग्राण्ड लन्चिङ गरिएको छ । मंगलबार पोखरामा बेलुन फेस्टिभलको अबसरमा बिवाईडी अटो इन्डष्ट्री कम्पनीको नेपालका लागि आधिकारिक वितरक साइमेक्स इंकले नेपालमा बहुप्रतीक्षित ७ सिटर एम६ सार्वजनिक गरेको हो ।

नेपालकै पहिलो प्रिमियम ७ सिटर इलेक्ट्रिक एमपीभी विशेषगरी पर्यटन व्यवसायीको रोजाईमा परेको र पारिवारिक र व्यापारिक दुवै प्रयोजनका लागि उपयुक्त देखिएको छ कम्पनीले जनाएको छ । बेलुन फेस्टिबलको मुख्य प्रायोजक समेत बिवाईडी रहेको छ । पर्यटकीय नगरी पोखराबाट बिवाईडी एम६ सार्वजनिक गर्न पाउँदा खुसी लागेको साइमेक्स इंकका प्रबन्ध निर्देशक यमुना श्रेष्ठले बताइन् । कम्पनीका प्रमुख कार्यकारी अधिकृत साहिल श्रेष्ठले अतुलनीय कम्फर्ट, परफर्मेन्स र सस्टेनेबिलिटी प्रदान गर्ने तरिकाले एम६ को डिजाइन गरिएको बताए ।

बिवाईडी एम६ को प्रारम्भिक मूल्य ५८ लाख ९० हजार रुपैयाँ तोकिएको छ । केही समय अगाडिबाट यो गाडीको बुकिङ सार्वजनिक गरिएको थियोे । देशभरका डिलरबाट बुकिङ भएका गाडी पोखराबाट ग्राहकलाई हस्तान्तरण गरिएको हो । बिवाईडी एम६ मा मुख्य विशेषतामा अतुलनीय कम्फर्ट र स्पेस, पावरफुल परफर्मेन्स, फास्ट चार्जिङ, एड्भान्स्ड सेफ्टी र टेक–फरवार्ड डिजाइन रहेका छन ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->