पोखरा / नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) गण्डकी प्रदेशको प्रथम अधिवेशन आगामी माघ २६ र २७ गते पोखरा सभागृहमा हुने भएको छ । यसअघि पुस १९ र २० गते गर्ने भनिएको अधिवेशनको मिति सारेर माघ अन्तिममा पुराइएको हो ।
पार्टीका केन्द्रीय सचिव तथा गण्डकी प्रदेश अध्ययक्ष श्रीनाथ बरालका अनुसार अधिवेशनले नयाँ कार्यसमिति निर्वाचित गर्नेछ । अधिवेशनका लागि बरालको संयोजकत्वमा १ सय ५१ सदस्यीय मुल आयोजक समिति गठन गरिएको छ ।
यसैगरी ११ वटा विभिन्न उपसमितिहरु गठन गरिएको र अधिवेशनलाई सफल पार्न प्रदेश कमिटी, सबै उपसमिति र पार्टी सदस्यहरूलाई जिम्मेवारी दिइएको बरालले बताए । आफु केन्द्रीय सचिव भएकाले प्रदेश समितिमा अव नरहने बरालको भनाई छ । अधिवेशनकाे पार्टी अध्यक्ष माधवकुमार नेपालले उद्घाटन गर्नेछन् । आगामी फागुनभित्रमा सबै प्रदेश अधिवेशन सम्पन्न गर्न पार्टीले निर्देशन दिएको छ ।





