बुधबार, कार्तिक ४ २०८३

बुधबार, कार्तिक ४ २०८३
  • ४ कार्तिक २०८३ , बुधबार
  • October 21 2026

बलिदानी वचत तथा ऋण सहकारी ठगी कसूरका एकजना पक्राउ

बलिदानी वचत तथा ऋण सहकारी ठगी कसूरका एकजना पक्राउ


  • ढोरपाटन संवाददाता
  • पुष ९ २०८१, मंगलबार

पोखरा/ पोखराको बलिदानी बचत तथा ऋण सहकारी संस्थामा जम्मा रहेको रकम अपचलनमा संलग्न एकजनालाई कास्की प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा सहकारीका ऋण उपसमिति सदस्य तथा लोन अधिकृत २७ वर्षीय नविन भण्डारी रहेका छन ।

स्याङ्जा जिल्लाको हरिनास गाउँपालिका–३ स्थायी घर भई हाल पोखरा–८ आलुमाईलाचोक बस्ने भण्डारीलाई सोमबार पोखरा–९ पृथ्वीचोकबाट पक्राउ गरिएको कास्की प्रहरीका सूचना अधिकारी एवं डिएसपी बसन्तकुमार शर्माले बताए । भण्डारी सहकारी ऐन, नियमावाली तथा संस्थाको नियम विपरित रकम हिनामिना एवं अपचलन गरी ठगी गरेको कसूरमा संलग्न रही फरार रहेका बेला पक्राउ गरिएको प्रहरीले जनाएको छ । भण्डारीलाई मंगलबार कास्की जिल्ला अदालतमा मुद्दाको अभियोगपत्र माग दावी अनुसार सजायको लागि उपस्थित गराईएको शर्माले जनाए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->