बुधबार, कार्तिक ४ २०८३

बुधबार, कार्तिक ४ २०८३
  • ४ कार्तिक २०८३ , बुधबार
  • October 21 2026

श्वासप्रश्वासमा समस्या आएको १२ घण्टामा मरे ३० भन्दा बढी याक र चौंरी

श्वासप्रश्वासमा समस्या आएको १२ घण्टामा मरे ३० भन्दा बढी याक र चौंरी


  • ढोरपाटन संवाददाता
  • पुष ९ २०८१, मंगलबार
फाइल फोटो

पोखरा / श्वासप्रश्वासमा समस्या आएपछि मुगुको उच्च हिमाली क्षेत्र मुगुम कार्मारोङ्ग गाउँपालिकामा ३० भन्दा बढी याक र चौंरीहरु मरेका छन् । गाउँपालिकाको वडा नम्बर २ स्थित कार्मारोङ्गमा चौंरी र याकमा श्वासप्रश्वासमा समस्या देखिने र पहिलो लक्षण देखिएको १२ घण्टाभित्र मृत्यु हुने गरेको कृषि तथा पशुपन्छी विकास मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार ‘नाकबाट रगत निस्कने, श्लेष्माजन्य स्राव, जसमा खाना कण पनि मिसिएको पाइएको छ । केही केसहरूमा रगतसहितको श्लेष्माजन्य दिसा देखिएको छ,’ मन्त्रालयले भनेको छ । उक्त क्षेत्रमा करिब ५ सय याक र चौंरीहरु रहेको अनुमान गरिएको छ ।
मन्त्रालयका अनुसार पशु अस्पताल तथा पशु सेवा कार्यालय मुगुका प्रमुख भीमचन्द्र बुढा नेतृत्वको एउटा टोली प्रभावित क्षेत्रमा जाँदै छ । तर, हिमपातका कारण टोली हालसम्म उक्त क्षेत्रमा पुग्न सकेको छैन । टोली दुई दिनअघि मुगु सदरमुकाम गमगढीबाट परिचालन गरिएको थियो । उक्त टोली सम्भवतः आज बेलुकासम्म प्रभावित क्षेत्रमा पुग्ने छ ।

 

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->