बुधबार, कार्तिक ४ २०८३

बुधबार, कार्तिक ४ २०८३
  • ४ कार्तिक २०८३ , बुधबार
  • October 21 2026

चन्दा आतंक बन्द गरौंं : एसपि ओलिया

चन्दा आतंक बन्द गरौंं : एसपि ओलिया


  • ढोरपाटन संवाददाता
  • पुष १० २०८१, बुधबार

पोखरा/जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख प्रहरी उपरीक्षक श्यामबाबु ओलियाले सुरक्षा र आर्थिक विकास अन्तर सम्बन्धित रहेको र सुरक्षा व्यवस्था चुस्त–दुरुस्त रहेको ठाउँमा आर्थिक क्रियाकलाप पनि फस्टाउने बताएका छन् । उनले व्यवसायीहरुलाई ढुक्क भएर व्यवसाय सञ्चालन गर्ने वातावरण बनाउन जिल्ला प्रहरी कार्यालय कास्की सधैं तत्पर रहेको पनि बताए ।
एसपी ओलिया मंगलबार लेखनाथ उद्योग वाणिज्य संघले आयोजना गरेको स्वागत कार्यक्रमलाई सम्बोधन गर्दै थिए । उनले राज्यलाई नियमपूर्वक कर तिरिरहेका व्यवसायीहरुले विभिन्न बहानामा चन्दा दिन नहुने पनि वताए ।
उनले कास्कीमा चन्दा आतंकबाहेक चेक बाउन्सका मुद्दा, अनलाइन स्क्याम, सवारी दुर्घटना हुने क्रम बढ्दो रहेको र जिल्ला भित्रिने नाकाहरुमा डिजिटल चेक पोष्टको आवश्यकता रहेको बताउँदै यसमा व्यवसायीहरुसँग मिलेर काम गर्ने प्रतिवद्धता व्यक्त गरेका थिए ।
कार्यक्रममा ईलाका प्रहरी कार्यालय डाँडाकोनाकका प्रमुख प्रहरी नायब उपरीक्षक श्रवण कुमार बिकलाई पनि स्वागत गरिएको थियो । उक्त अवसरमा लेखनाथ उद्योग वाणिज्य संघका पूर्वअध्यक्ष लक्ष्मीप्रसाद त्रिपाठीले लेखनाथ क्षेत्रको विकासमा विगतदेखि संघले खेलेको भूमिकाको बारेमा जानकारी गराउँदै व्यवसायीहरुका विभिन्न समस्याहरुका विषयमा जानकारी गराउँदै सहजीकरणको लागी आग्रह गरेका थिए ।
संघका अध्यक्ष विनोद श्रेष्ठले स्वागत एवं सफल कार्यकालको शुभकामना व्यक्त गर्दै जिल्लामा शान्ति सु–व्यवस्था राम्रो हुँदै गएको र यही पुस १८ गतेदेखि आयोजना हुने २० औं लेखनाथ महोत्सवमा पनि सुरक्षा व्यवस्था प्रभावकारी बनाइदिन आग्रह गरेका थिए ।
संघका अध्यक्ष विनोद श्रेष्ठको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन महासचिव जानुका अधिकारीले र धन्यवाद ज्ञापन वरिष्ठ उपाध्यक्ष राजेन्द्र ओझाले गरेका थिए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->