बुधबार, कार्तिक ४ २०८३

बुधबार, कार्तिक ४ २०८३
  • ४ कार्तिक २०८३ , बुधबार
  • October 21 2026

सबै धर्मलाई सम्मान गर्ने नेपालीको सद्भावयुक्त परम्परा छः प्रदेश प्रमुख भट्ट

सबै धर्मलाई सम्मान गर्ने नेपालीको सद्भावयुक्त परम्परा छः प्रदेश प्रमुख भट्ट


  • ढोरपाटन संवाददाता
  • पुष १० २०८१, बुधबार

पोखरा/ गण्डकी प्रदेश प्रमुख डिल्लीराज भट्टले सबै धर्मलाई सम्मान गर्ने नेपालीको सद्भावयुक्त परम्परा रहेको बताएका छन् । इसाई धर्मावलम्बीहरूको महान् पर्व ‘क्रिसमस डे’ को अवसरमा शुभकामना सन्देश जारी गर्दै भट्टले यहाँका विभिन्न चाडपर्व, धार्मिक एवं सांस्कृतिक रितिरिवाजलाई सबैले आदर र सम्मान गर्ने हाम्रो आफ्नै सद्भावयुक्त परम्परा रहेको उल्लेख गरेका हुन् ।

‘नेपाल बहुजातीय, बहुभाषिक, बहुधार्मिक र बहुसांस्कृतिक विविधतायुक्त मुलुक हो । यस्ता धार्मिक उत्सव एवं चाडपर्वले विविध सांस्कृतिक पहिचान बोकेका समुदायबीच आपसी सद्भाव, सहिष्णुता र ऐक्यवद्धताको भावना अभिवृद्धि गर्दै राष्ट्रिय एकतालाई थप सुदृढ बनाउन महत्वपूर्ण भूमिका खेल्ने मैले विश्वास लिएको छु,’ शुभकामना सन्देशमा उल्लेख छ । इसाई धर्मावलम्बीहरूको यस पर्वले सबै नेपालीहरूबीच आपसी एकता, विश्वास र प्रेमको भावनालाई थप गाढा बनाउन प्रेरणा प्रदान गरोस् भन्ने शुभकामना पनि उनले व्यक्त गरेका छन् ।

 

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->