बुधबार, कार्तिक ४ २०८३

बुधबार, कार्तिक ४ २०८३
  • ४ कार्तिक २०८३ , बुधबार
  • October 21 2026

पार्टी विरुद्धका आक्रमण र अतिवाद परास्त गर्न प्रभावकारी कार्ययोजना बनाऔ : एमाले गण्डकी इन्चार्ज गुरुङ

पार्टी विरुद्धका आक्रमण र अतिवाद परास्त गर्न प्रभावकारी कार्ययोजना बनाऔ : एमाले गण्डकी इन्चार्ज गुरुङ

नेकपा एमाले गण्डकी प्रदेश कमिटी सल्लाहकार परिषद्को प्रथम बैठक


  • ढोरपाटन संवाददाता
  • पुष १० २०८१, बुधबार

पोखरा/  नेकपा एमाले गण्डकी प्रदेश कमिटी सल्लाहकार परिषदको प्रथम बैठक बुधबार पोखरामा सम्पन्न भएको छ । बैठकको पार्टी स्थायी कमिटी सदस्य एबम गण्डकी प्रदेश कमिटिका इन्चार्ज किरण गुरुङले उद्घाटन गर्दै आगामी निर्बाचनमा पार्टीलाई बहुमत प्राप्त पार्टी निर्माणमा सल्ल्हाकारहरूको महत्वपूर्ण भूमिका रहने र त्यसका लागि हर तरहले लागि पर्न आग्रह गरे । पार्टी सरकारमा रहेको बेला सकारात्मक उपलब्धीको प्रचार प्रसारसहित पार्टीलाई दिशानिर्देश गर्न पनि उनले अनुरोध गरे ।

गुरुङले पार्टीका कार्यकारी कमिटीका संरक्षकका रूपमा रहेका सल्ल्हाकारहरूको सिर्जनात्मक सुझावले पार्टीले कमजोरी हटाउदै नयाँ उचाई निर्माणमा सहयोगी हुने बताए । नेता कार्यकर्ताको सबलीकरणमा र सरकारका अंगहरूको प्रभावकारितामा समेत सल्लाहकारहरूको महत्वपूर्ण भूमिका रहने उल्लेख गर्दै उनले पार्टी विरुद्धका कुनै पनि प्रकारका आक्रमण र अतिवाद परास्त गर्न प्रस्ट योजनासहित कार्य सम्पादनमा उत्रन आग्रह गरे । ‘वास्तबिक परिणाम निस्कने गरी हरेक तहका कार्यकर्ता लाग्नु पर्छ’ उनले भने ।

बैठकमा प्रदेश कमिटीका सचिब धनन्जय दवाडी, उपसचिव मन्जु अधिकारी, सल्लाहकार परिषदका अध्यक्ष मोहन रेग्मी सहितले पार्टी नीति, कार्यक्रम र सल्लाहाकारको भूमिका सन्दर्भमा मन्तब्य ब्यक्त दिएका थिजए । एमाले प्रदेश कमिटीका अध्यक्ष नवराज शर्माको अध्यक्षतामा सम्पन्न बैठकमा सल्लाहकार परिषदका सदस्यहरूलाई सपथ ग्रहण समेत गराइएको थियो ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->