बुधबार, कार्तिक ४ २०८३

बुधबार, कार्तिक ४ २०८३
  • ४ कार्तिक २०८३ , बुधबार
  • October 21 2026

आजबाट पोखरामा सडक महोत्सव

आजबाट पोखरामा सडक महोत्सव


  • ढोरपाटन संवाददाता
  • पुष १३ २०८१, शनिबार

पोखरा/रेवान पोखराको आयोजनामा शनिबारदेखि पोखरामा सुरु हुने २६ औँ पोखरा सडक महोत्सवको सम्पूर्ण तयारी पूरा भएको छ । महोत्सवको नेपाल सरकारका प्रवक्तासमेत रहेका सञ्चार मन्त्री पृथ्वीसुब्बा गुरुङले उद्घाटन् गर्देछन् । उद्घाटनपूर्व कोमागाने पार्कमा हुने उद्घाटन समारोह अघि खहरेबाट विभिन्न जातजाति, ६० बढी आमा समूह, पर्यटन सम्बद्ध विभिन्न संघसंस्थालगायतको सहभागितामा सांस्कृतिक झाँकीसहित ¥याली निस्कने महोत्सव संयोजक विकास भट्टराईले जानकारी दिए ।
आयोजक समितिका अध्यक्ष विश्वराज पौडेलका अनुसार महोत्सव सफल पार्न गठित विभिन्न समिति, उप–समितिले आ–आफ्नों तयारी पूरा गरेका छन् ।
महोत्सवलाई थप रौनक प्रधान गर्न सडकमा हुने खेलकुदका कार्यक्रमहरुको तयारी पनि पुरा भएको खेलकुद संयोजक सुमन भट्टराईले जानकारी दिए । सडकमा मःम खाने, रस्साकसी, वेटर वेट्रेसहरुको चम्चा दौड, डुङ्गा दौडलगायत हुनेछन् । अघिल्लो संस्करणमा जस्तै यसपटक पनि पर्यटनका बारेमा जानकारीसहितको सडक सम्वाद कार्यक्रम हुने रेवान पोखराका उपाध्यक्ष बसन्त गौतमले जनाए । उनका अनुसार अम्बोटमा दुई दिनसम्म सडक सम्वाद कार्यक्रम चल्नेछ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->