बुधबार, कार्तिक ४ २०८३

बुधबार, कार्तिक ४ २०८३
  • ४ कार्तिक २०८३ , बुधबार
  • October 21 2026

दीपक मनाङेका तत्कालीन स्वकीयसचिव टिका भण्डारी पक्राउ

दीपक मनाङेका तत्कालीन स्वकीयसचिव टिका भण्डारी पक्राउ


  • ढोरपाटन संवाददाता
  • पुष १३ २०८१, शनिबार

काठमाडौं / लाजिम्पाटस्थित इनोभा अस्पतालको पार्किङमा व्यवसायी विक्रम लामामाथि रड आक्रमण गरेको घटनामा दीपक मनाङेका तत्कालीन स्वकीय सचिव टिका भण्डारीलाई प्रहरीले पक्राउ गरेको छ । शनिबार साँझ भण्डारीलाई जिल्ला प्रहरी परिसर काठमाडौंको टोलीले पक्राउ गरेको हो । मनाङे मन्त्री हुँदा सिन्धुली घर भएका भण्डारी स्वकीय सचिव थिए।

कात्तिक ११ गते दिउँसो नुवाकोटको ककनी गाउँपालिका-६ का ३५ वर्षीय घरजग्गा व्यवसायी विक्रम लामामाथि आक्रमण भएको थियो । चार जनाको समूहले इनोभा अस्पतालको पार्किङमा उनीमाथि मार्ने उद्देश्यसहित आक्रमण गरेको थियो ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->