लेखनाथ/पोखरा महानगरपालिका वडा नं २७ मा रहेको हरियाली टोल विकास सस्थाको चौथो साधारण सभा तथा तेस्रो अधिवेशनले आगामी कार्यकालका लागी पून गेष बहादुर कुमालको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ ।
सर्वसम्वत रुपमा चयन भएको समितिको उपाध्यक्षमा राम बहादुर जि सी,सचिवमा वासुदेव अधिकारी,कोषाध्यक्षमा भगवती अधिकारी र सदस्यहरुमा दण्डपाणी कडेल,शान्ता पाण्डे,कल्पना जि सी, दुर्गा थापा र जंग बहादुर मल्ल रहेका छन् । यसैगरि सोही भेलाले सल्लाहकारमा दिनेशमणि लामिछाने र नरेन्द्रराज लामिछाने चयन गरेको वताईएको छ ।
यसअघि कार्यक्रमको उद्घाटन गर्दै पोखरा महानगरपालिका वडा नं २७ का वडाअध्यक्ष पुर्ण कुमार गुरुङले विकास निर्माणमा स्थानिय निकाय र टोल विकास सस्थाका विच सहकार्य गर्दै अगाडी वढ्न सक्ने हो भने सोचे भन्दा वढि काम गर्न सकिने र स्थानियले पनि परिवर्तनको महसुस गर्न पाउने विचार राखेका थिए ।
सोही अवसरमा एकता टोल विकास सस्थाका अध्यक्ष अम्विका सुवेदीले आफनो टोललाई सरसफाई उज्वालो टोल वनाउनका लागि हामी सवैले सामुहिक रुपमा दाईत्व बहन गर्नु पर्ने सुझाव राखेका थिए । संस्थाका अध्यक्ष गेष बहादुर कुमालको अध्यक्षतामा भएको कार्यक्रमको संचालन सचिव राम बहादुर जि सीले र स्वागत उपाध्यक्ष लक्ष्मी पौडेलले गरेकी थिईन ।





