बुधबार, कार्तिक ४ २०८३

बुधबार, कार्तिक ४ २०८३
  • ४ कार्तिक २०८३ , बुधबार
  • October 21 2026

सूर्यदर्शन सहकारी ठगी प्रकरणमा आइतबार ३ जनाको बयान सकियो

सूर्यदर्शन सहकारी ठगी प्रकरणमा आइतबार ३ जनाको बयान सकियो


  • ढोरपाटन संवाददाता
  • पुष १४ २०८१, आइतबार

पोखरा/ पोखराको सूर्यदर्शन सहकारी ठगी प्रकरणमा मुद्दा दायर गरिएका मध्ये ३ जनाको आइतबार कास्की जिल्ला अदालतमा बयान सकिएको छ । मुद्धाका प्रतिवादीहरु रामबहादुर खनाल, पूर्वसांसद मीना गुरुङ र कृष्णबहादुर गुरुङसँग अदालतले बयान लिएको हो । यसअघि राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवं पूर्वगृहमन्त्री रवि लामिछाने, पूर्वडीआईजी छविलाल जोशी र लिला पछाईसँग बयान लिइएको थियो ।

उनीहरुबिरुद्धको मुद्धा कास्की जिल्ला अदालतका न्यायाधीश नितीश राईको इजलासमा परेको छ । मंगलबार प्रतिवादी आरति गुरुङको बयान सकेर थुनछेक बहस सुरु हुने अदालतले जनाएको छ । पुस ७ गते अदालतमा प्रतिवादीहरुविरुद्ध सहकारी ठगीसँगै, सङ्गठित अपराध र सम्पत्ति शुद्धीकरणसम्बन्धी कसुरमा मुद्दा दायर भएको थियो । रवि लामिछानेबिरुद्ध सम्पत्ति शुद्धीकरणमा २७ करोड ८९ लाख ४४ हजार ७ सय ५ र सहकारी ठगीतर्फ ३ करोड ३७ लाख ६५ हजार बिगो दाबीसहित मुद्दा दायर गरिएको छ । लामिछानेसंगै रामबहादुर खनाल, छविलाल जोशी र लीला पछाइविरुद्ध सम्पत्ति शुद्धीकरणमा पनि मुद्दा दायर गरिएको छ । प्रतिवादी खनालसँग १४ करोड ३० लाख ९१ हजार ९ सय ११, जोशीसँग ७४ करोड ३४ लाख ७१ हजार ५५, पछाइसँग २४ करोड ६७ लाख ७ हजार २४ बिगो दाबी गरिएको छ ।

यस्तै सहकारी ठगीमा जोशीविरुद्ध ५ करोड २६ लाख ६५ हजार र दीपेश पुनसँग २ करोड १४ लाख ८ हजार ८ सय ४३ बिगो माग गरिएको छ । सहकारी ठगीका आरोपित अन्य व्यक्तिलाई पनि कसुरअनुसारको बिगो र सजायको मागसहित मुद्दा दर्ता भएको हो । सूर्यदर्शन सहकारीको रकम ठगी प्रकरणमा अहिलेसम्म कुल ६३ जनाविरुद्ध जिल्ला अदालत कास्कीमा मुद्दा दायर भएको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->