पोखरा/ रेवान पोखराको आयोजनामा शनिबारदेखि शुरु भएको २६ औँ पोखरा सडक महोत्सवको दोस्रो दिन आईतबार विभिन्न मनोरञ्जनात्मक खेल प्रतियोगिता र सडक संवाद कार्यक्रम भएका छन ।
आइतबार भएको वेटर रेस तर्फ व्यन्जन रेष्टुरेण्टका सुबास सिर्पाली प्रथम, आइरिस पवका विनोद श्रेष्ठ दोस्रो र चिल्ली बारका अविसेक सेन तेसो भए भने वेट्रेस रेसतर्फ व्यन्जन रेष्टुरेण्टका सिमा मल्ल प्रथम, मोनिका नेपाली दोस्रो र प्याराडिस्कोका पुजा रसाइली तेस्रो भइन । वेटर वेट्रेस तर्फका प्रथम, द्वितिय र तृतिय हुनेले क्रमश नगद ५ हजार, ३ हजार, २ हजार सहित प्रमाण पत्र प्राप्त गरे । विजेतालाई रेवानका अध्यक्ष विश्वराज पौडेल र होटल एशोसिएसन गण्डकीका अध्यक्ष लक्ष्मण सुवेदीले पुरस्कार प्रदान गरे । खहरेस्थित चिल्लीबार रेष्टुरेण्ट अगाडीबाट शुरु भएको दौडमा सहभागिहरुले ट्रे मा पानीको बोत्तल र ग्लासमा पेय पदार्थ लिएर दौडिएका थिए ।
मःम खाने प्रतियोगितामा पुरुष तर्फ सम्राट सुवेदी प्रथम र धन बहादुर वुढाथोकी दोस्रो भए भने महिला तर्फ सरला अधिकारी प्रथम र भिमा क्षेत्री दोस्रो भए । त्यस्तै सडक महोत्सव मै पहिलो पटक सेफ प्रतियोगिता आयोजना गरिएको खेलकुद संयोजक सुमन भट्टराईले जानकारी दिए । सेफ प्रतियोगिता तर्फ ३६० स्काइ लजका राजु नेपाली प्रथम , चिल्ली बारका जितु मगर द्वितिय र मेड रेष्टुरेण्टका शंकर मगर तृतीय भएका छन् । यस्तै जारी महोत्सवमा पोखरा भ्रमण वर्ष २०२५ चुनौती र अवसर शिर्षकमा सडक संवाद कार्यक्रम सम्पन्न भएको छ । जस्को मुख्य वक्ताको रुपमा पोखरा महानगरपालिकाका मेयर धनराज आचार्य, वक्ताका रुपमा नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी दिपकराज जोशी, पाटा नेपाल च्यप्टर अध्यक्ष खेम लकै, पोखरा पर्यटन परिषदका संस्थापक अध्यक्ष अशोक पालिखे र पर्यटन उद्यमी शिव ढकाल रहेका थिए । अम्मटमा भोलि पनि पर्यटन प्रवद्वनका लागि खाना, संस्कृति र साहसिक खेल शिर्षकमा सडक संवाद कार्यक्रम हुने सडक संवाद कार्यक्रम संयोजक बसन्त गौतमले जानकारी दिए ।
रेष्टुरेण्ट एण्ड बार एसोसिएसन (रेवान), पोखराले बर्सेनि फेवाताल किनारमा पोखरा सडक महोत्सव आयोजना गरेर आन्तरिक एवं बाह्य पर्यटन प्रवद्र्धनमा सघाउ पु¥याउँदै आएको छ । अंग्रेजी नयाँ वर्ष–२०२५ स्वागतार्थ २६ औं पोखरा सडक महोत्सव पुष १७ गते सम्म चल्नेछ ।





