पोखरा/संचार तथा सूचना प्रविधिमन्त्री एवं नेपाल सरकारका प्रवक्ता पृथ्वीसुव्वा गुरुङ यतिबेला पोखराका विभिन्न कार्यक्रमा व्यस्त छन् । उनलाई कार्यक्रम उद्घाटन गर्न भ्याइनभ्याइ छ । कार्यक्रमकै बीचमा बोल्दा मन्त्री गुरुङले सातवटै प्रदेशका मुख्यमन्त्रीहरु मुख्यमन्त्री पद जान्छकी भनेर नबोलेको भन्दै आलोचना गरे । उनले प्रदेशको बजेट कम हुँदासमेत मुख्यमन्त्रीहरु नबोल्नु पदको लोभ भएको बताइरहँदा यता गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले भने पृथ्वीसुब्बा गुरुङले प्रदेशको बारेमा केही नबोलेको र आफूलाई गुरुङले पद नदिएको बताएका छन । मुख्यमन्त्रीले आफूले नभ्याएका कार्यक्रममा मन्त्री गुरुङ पुगेको भन्दै हप्तामै तीनचार कार्यक्रममा आउनु कामै नपाएर आएको धारणा राखे । नेपाल पत्रकार महासंघ गण्डकीको पदभार तथा सपथ ग्रहण कार्यक्रमको सम्बोधन गर्दै मुख्यमन्त्री पाण्डेले केन्द्रमा प्रदेशकै पुर्व मुख्यमन्त्री सांसद हुँदासमेत केही नगरेको आरोप लगाएका छन् । पाण्डेले संघ सरकारमा रहेका प्रदेशका मन्त्रीहरुले संघीयताबारे नबोलेको र निकै फुर्सदिला भएका र पोखरामा हप्तामै तीन/चार पटकसम्म कार्यक्रम उद्घाटन गर्न आएको सुनाए । उनका अनुसार पूर्वमुख्यमन्त्री आफैं बजेट दिने ठाउँमा हुँदासमेत प्रदेशलाई वेवास्ता गर्दै आइरहेका छन् । ‘अहिले उहाँ दिने ठाउँमा हुनुहुन्छ । हिजो माग्ने ठाउँमा हुँदा बोलेको बोल्यै गर्ने आज बोल्न पर्दैन ? मुख्यमन्त्रीले भने, ‘संघ सरकारमा नेतृत्व गर्नेले प्रदेशको बारेमा चरोमुसो बोल्दैनन्, गण्डकी होस् वा अन्य कुनै प्रदेश हिजो प्रदेशमा बसेका हरु आज संघमा जादा बोल्ती बन्द छ । संघका मन्त्रीहरु रिवन काट्न आउनुहुन्छ । मैले प्रदेशको कामले गर्दा आउन भ्याइन भनेर नजाँदा मलाई फोन आयो तपाईले टेर्नुभएन हामीले त सञ्चारमन्त्री ल्यायौँ, उपप्रधानमन्त्री ल्यायौँ । यस्तै यस्तै कसरी आएका छन ? चलेकै छ, राम्रै छ । भ्याएकै छन् मैले त भ्याएको छैन ।’ सोही क्रममा मुख्यमन्त्रीले पत्रकारितामा समेत संघीयता नदेखिएको सुनाए । उनले केन्द्रिय मिडियाहरुमा प्रदेशका गतिविधिबारेमा कम समाचार आउने गरेको भन्दै त्यसप्रति पत्रकारहरुले समेत ध्यान दिनुपर्नेमा जोड दिए । प्रदेशका राम्रा मात्र नभई नराम्रा वा जे हो त्यहि लेखिदिनुपर्ने र प्रदेशका समाचारहरु समेत आउनुपर्ने भन्दै गुनासो समेत गरे । उता, संघीय सञ्चारमन्त्री पृथ्वी सुब्बा गुरुङले भने प्रदेशका मुख्यमन्त्रीहरुले आफ्नो पद गुम्ने खतरामा अहिले बजेट घट्दा समेत नबोलेको आरोप लगाउँदै आएका छन । पोखरामा भएका विभिन्न कार्यक्रममा सहभागि हुँदा मन्त्री गुरुङले प्रदेशका मुख्यमन्त्रीप्रति खेदो खन्दै आएका हुन् । गुरुङले संघले पठाएको ३ प्रतिशत बजेटलेमात्र केही नहुने भएकाले प्रदेशहरुले औचित्य पुष्टि हुनेगरी काम र आवाज उठाउनु पर्नेमा जोड दिँदै प्रदेशका कुनै पनि मुख्यमन्त्रीले बजेट थोरै भयो, यसमा अन्याय भयो भन्ने संघ सरकारसंग आवाज लिएर आएको आजसम्म नसुनेको बताउँदै आएका छन् । मुख्यमन्त्रीहरू आफ्नो पद जाने डरका कारण प्रदेशले पाउनुपर्ने अधिकारका विषयमा चुप लाग्ने गरेको आरोप उनको छ छ । नेपाल दूरसंचार प्राधिकरणद्वारा शुक्रबार पोखरामा आयोजित गण्डकी प्रदेशमा दूरसञ्चार सेवाको वर्तमान अवस्था, गुणस्तर र चुनौती’ विषयक अन्तक्र्रिया र माछापुच्छे्र गाउँपालिकामा आयोजित एक कार्यक्रममा गुरुङले भनेका छन, ‘कही बोलेको खण्डमा पद जान्छ कि भन्ने डर मुख्यमन्त्रीहरूमा रहेको देखियो ।’ आफू गण्डकी प्रदेशको मुख्यमन्त्री हुँदा संघीय सरकारसँग बोल्न नडराएको तर अहिले चाहिँ अधिकार माग्न मुख्यमन्त्रीहरू बोलेको आवाज आफूले नसुनेको बताएका गुरुङ गण्डकीका संस्थापक मुख्यमन्त्री हुन । आफू मुख्यमन्त्री भएको बेला सम्झिँदै गुरुङले अहिले प्रदेशहरूले काम गर्न नसकेको दावी समेत गरे । त्यतिमात्र होइन प्रदेशहरूलाई तीन प्रतिशत बजेटले पुग्दैन भनेर सत्तापक्षबाट आफूले मात्र बोलेको उनको दावी थियो । ‘प्रदेश, स्थानीय तहहरूलाई ३ प्रतिशत बजेट छुट्याएर संघीयता कार्यान्वयन गाह्रो हुन्छ, भनेर उहाँले भन्नुभएको थियो, ‘तलको सरकारको औचित्य पुष्टि हुन्छ कि हुँदैन भनेर ममात्रै बोलेको छु,उनले थपे ’ यही कुराबारे मुख्यमन्त्री पाण्डेसंग प्रश्न गर्दा आफुलाई पृथ्वीसुब्बाले पद नदिएको सुनाउँदै प्रदेशको अधिकार बारेमा बोलेको बताए । पद जाने डरले मुख्यमन्त्रीहरु बोल्दैनन भनेर भन्नुभयो नि भन्दा उनले भने, ‘पद के पिएस (पृथ्वीसुब्बा) गुरुङले दिएको हो र मेरो पद जान्छ बोल्दा ?





