बुधबार, कार्तिक ४ २०८३

बुधबार, कार्तिक ४ २०८३
  • ४ कार्तिक २०८३ , बुधबार
  • October 21 2026

ड्रागन बोट रेसमा नेपाल उपाधिविहिन

ड्रागन बोट रेसमा नेपाल उपाधिविहिन


  • बिजय नेपाली
  • पुष १५ २०८१, सोमबार

पोखरा/  पोखरा अन्तर्राष्ट्रिय ड्रागन बोट आमन्त्रण प्रतियोगिता २०२४ तथा दोस्रो नेपाल–चीन मैत्री ड्रागन बोट रेसमा चिनिया टिमहरूले कब्जा जमाएका छन् । पोखराको फेवातालमा सोमबार सम्पन्न २०० र ५०० मिटर फाइनल रेसमा चिनको डोङग्वान लाओयू क्लब टिमले दोहोरो उपाधि जितेको छ । दोहोरो उपाधिसंगै उसले नगद १० हजार डलर हात पारेको छ ।

डोङग्वान लाओयू क्लबले २०० मिटरको निर्धारित दुरी ००ः४७ः७२० मिली सेकेण्डमा पार गर्दै च्याम्पियन हुँदा ५०० मिटर तर्फ समेत २ मिनेट ०४.४७ सेकेण्डमा दुरी पार गर्दै च्याम्पियन बनेको हो । त्यस्तै २०० मिटर तर्फ एक सेकेण्डले पछि रहेको चिनकै युनान मिन्जु युनिभर्सिटी टिम दोस्रो भएको छ । उसले ००ः४८ः२२० मिली सेकेण्डमा दुरी पार गर्न सफल भयो भने चिनकै लिआओचिङ यूनिभर्सिटी टिम ००ः५०ः८३० मिलिसेकेण्डमा दुरी पार गर्दै तेस्रो भएको छ । त्यस्तै सोही स्पर्धामा युनान प्रान्तको नर्मल विश्वविद्यालय ००ः५१ः१६० मिलिसेकेण्डको समयमा चौथो स्थान प्राप्त गरेको छ । यस्तै ५०० मिटर ड्रागन बोट रेसमा लिआओ चेङ युनिभर्सिटी छिम दोस्रो बनेको छ । उसले निर्धारित दुरी २ मिनेट ७.३४ सेकेण्डमा वुरा गरेको थियो भने प्रतियोगितामा यूहान युनिभर्सिटी टिम तेस्रो भएको छ । उसले निर्धारित दुरी पार गर्न २ मिनेट ८.४४ सेकेण्डको समय लिएको थियो ।

प्रतियोगितामा पाँच सय सय र दुई सय मिटर विजेता टोलीले ट्रफी, मेडल तथा प्रमाणपत्रसहित नगद ५ हजार अमेरिकी डलर, उपविजेताले. २ हजार डलर र तृतीय भएको टोलीले एक हजार दुई सय अमेरिकी डलर पुरस्कार प्राप्त गरेका छन् भने अन्य सहभागि टिमहरुलाई जनही नगद ५ सय डलर प्रदान गरिएको आयोजकले जनाएको छ । प्रतियोगितामा नेपाल, चीन र सिङ्गापुरका २० टोली सहभागी थिए । प्रतियोगितामा चीनको ८, सिङ्गापुरको एक र बाँकी ११ टोली नेपालका विभिन्न प्रदेशबाट सहभागी रहेका थिए । प्रतियोगितामा गण्डकी, बागमती, कर्णाली, त्रिभुवन आर्मी क्लब, ड्रागन बोर्ट गण्डकी, बेगनास टोली, रुपाताल टोली र नेपाल ¥याफ्टिङ एजेन्सिज एसोसिएसन (नारा) सहित ११ टोलीको सहभागिता थियो ।

 

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->