पोखरा/ लेखनाथ उद्योग वाणिज्य संघको आयोजनामा हुने लेखनाथ महोत्सवमा यसपटक विभिन्न जातका एक सय थरिका माछा प्रदर्शनीको रुपमा राखिने भएको छ । संघले आयोजना गर्दै आइरहेको महोत्सवको २० औं संस्करणमा एक्युरियममा विभिन्न जातका माछा राखिने भएको हो ।
सोमबार आयोजित पत्रकार सम्मेलनमा महोत्सवको अन्तिम तयारी बारेमा जानकारी दिदैँ महोत्सवको आकर्षणको रुपमा यसपटक माछालाई रखिएको हो । २० औं लेखनाथ महोत्सव पुस १८ देखी माघ १ गतेसम्म सञ्चालन हुँदैछ । संघका महासचिव तथा प्रचारप्रसार उपसमितिका संयोजक जानुका पराजुली अधिकारीले लेखनाथभित्रका साततालको माछा समेत रहने बताइन् । उनका अनुसार महोत्सवमा स्थानीय कृषि तथा औद्योगिक उत्पादलाई प्रर्बद्धन, हस्तकलाका बस्तु, साना तथा ठुला उद्योग प्रबद्र्धन, विविध सांस्कृति, बाल उद्यान, सांगीतिक कार्यक्रमको आयोजना हुनेछ । २०५९ र ०६० सालमा सुन्तला प्रदर्शनीबाट सुरु गर्दै २०६१ सालमा सुपथ मुल्य बजार र महोत्सवको रुपमा आयोजना गरिएको थियो । यो दुई दशकको दौरान हरेक महोत्सवमा केही नयाँपन दिइने गरिएको छ । महोत्सवमा कहिले सुन्तला त कहिले कफि, मौरी, तरकारी, दुग्धजन्य उत्पादन, माछा प्रदर्शनी एवम् विक्रि हुँदै आइरहेको छ । समय सापेक्ष महोत्सवले परिमार्जित रुप समेत लिदै आइरहेको छ ।
‘समय सापेक्ष मेलालाई परिमार्जन गर्दै नेपालकै उत्कृष्ट मेला महोत्सवको रुपमा आफुलाई स्थापित गराउन यस लेखनाथ महोत्सव सफल भएको छ’ पराजुलीले भनिन्, ‘महोत्सवले यस क्षेत्रको अर्थतन्त्रलाई चलायमान बनाउन तथा आन्तरिक÷बाह्य पर्यटक प्रबद्र्धन समेत गरिरहेको छ ।’ महोत्सवमा ३३६ स्टल रहेका छन् । यस्तै महोत्सव अवलोकन गर्न आउनेका लागि टिकट दर विद्यार्थी भएमा ६०, साधारण एक सय र कन्सर्टको तीन सय रुपैयाँ तोकिएको छ । महोत्सवमा शैक्षिक प्रदर्शनी, विद्यालय स्तरीय चित्रकला प्रतियोगिता, सांस्कृतिक कार्यक्रम, झाँकी¥याली हुनेछ । महोत्सव सञ्चालन गर्न करिब ८० लाख खर्च लाग्ने आयोजकको अनुमान रहेको छ । नौ करोडको कारोबार, ९० लाख आम्दानी र दश लाख रुपैयाँ बचत गर्ने आयोजकको लक्ष्य रहेको छ । महोत्सव करिब साढे दुई लाख दर्शकले अवलोकन आयोजकले बताएका छन् । महोत्सवलाई राष्ट्रिय वाणिज्य बैंकले मुख्य प्रायोजन गरेको छ । यस्तै सह प्रायोजकको रुपमा सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनी रहेको छ । यी बाहेक विभिन्न प्रतियोगिता, मनोरञ्जन समेत हुनेछन् । महोत्सव पोखरा महानगरपालिका २७ लेखनाथस्थित डाडाँको नाक तालचोकमा हुनेछ ।





