बुधबार, कार्तिक ४ २०८३

बुधबार, कार्तिक ४ २०८३
  • ४ कार्तिक २०८३ , बुधबार
  • October 21 2026

बालगृहमा रहेकाहरुलाई ज्येष्ठ नागरिकले सिकाए सीप

बालगृहमा रहेकाहरुलाई ज्येष्ठ नागरिकले सिकाए सीप


  • ढोरपाटन संवाददाता
  • पुष १७ २०८१, बुधबार

पोखरा/फेदीखोला गाउँपालिका १ को अमोर सेवा बालगृहमा रहेका बालबालिकालाई ज्येष्ठ नागरिकले आफ्नो सीप सिकाएका छन् ।
मौलिक परम्परागत सीप र ज्ञान हस्तान्तरण गर्ने उद्देश्यले बालबालिकालाई ज्येष्ठ नागरिकले सीप सिकाएका हुन् ।
सामाजिक विकास कार्यालय स्याङ्जाको आयोजनामा ज्येष्ठ नागरिकमा भएको ज्ञान, सीप र अनुभव अन्तरपुस्ता हस्तान्तरणको कार्यक्रम अन्र्तगत सीप सिकाइएको हो ।
पढाइ लेखाइ र अन्य शैक्षिक गतिविधिमा रहने बालगृहका बालबालिकालाई टपरी र दूना बुन्न, डोका तथा डस्टबिन बनाउन सिकाइएको हो ।
सामाजिक विकास कार्यालय स्याङ्जाका कार्यालय प्रमुख जीवन पौडेलले बालगृहमा रहेका ३८ जना बालबालिकालाई दुई दिन सम्म हाम्रो मौलिक परम्परागत सीप र ज्ञान हस्तान्तरण गरिएको बताए ।
विभिन्न क्षेत्रको अनुभव र सीपलाई पुस्तान्तरण गर्दै जानुपर्ने उनको भनाइ थियो ।बालगृहमा पुगेका ज्येष्ठ नागरिकले बालबालिकालाई भजन कृतनसमेत सिकाएका थिए ।
बालगृह सञ्चालिका कमला पराजुलीले आफ्ना बालगृहमा रहेका छोराछोरी हरेक क्षेत्रमा सक्षम रहेको र छिटो समयमै विभिन्न सीप सिक्न सफल भएकोमा खुसी व्यक्त गरिन् ।
कार्यक्रममा सामाजिक विकास कार्यालय स्याङ्जाको तर्फबाट बालसाहित्य सँग सम्बन्धित ३० वटा पुस्तकहरु हस्तान्तरण गरिएको थियो ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->