पोखरा/स्याङजाको वालिङ नगरपालिका वडा नम्बर ३ राम्चेबाट पोखरा आइ बसोबास गर्दै आएका गुरुङहरुको साझा संस्था श्री स्याङजा राम्चेली गडाभाइ तमु समाज पोखराको अध्यक्षमा औबहादुर गुरुङ चयन भएका छन् ।
समाजको १८ औँ साधारणसभा तथा छैठौं अधिवेशनले कार्यसमितिको प्रथम उपाध्यक्ष दुरमाया गुरुङ, द्वितीय उपाध्यक्षमा बलबहादुर गुरुङ, सचिवमा रुपसीँ गुरुङ, सहसचिवमा सुवेदार भीमबहादुर गुरुङ र निर्मला गुरुङलाई चयन गरेको छ । कोषाध्यक्षमा क्याप्टेन चमबहादुर गुरुङ, सहकोषाध्यक्षमा हरिप्रसाद गुरुङ र सदस्यहरुमा चीनमाया गुरुङ, जमान गुरुङ, ठग बहादुर गुरुङ, महिला संयोजक नरमाया गुरुङ र युवा संयोजक दर्शन गुरुङ चयन भएका छन् ।
सो अवसरमा नेपाल पत्रकार महासंघ कास्कीका सचिव भुपाल गुरुङ, अध्ययनरत उत्कृष्ट विद्यार्थीहरु, र इन्डियन आर्मीबाट रिट्यार्ड आर्मीहरुलाई सम्मान गरिएको थियो ।





