आइतबार, कार्तिक २ २०८३

आइतबार, कार्तिक २ २०८३
  • २ कार्तिक २०८३ , आइतबार
  • October 18 2026

१४ वर्षीया बालिकालाई अपहरण गरी भारत लैजाने एकै परिवारका ३ पक्राउ

१४ वर्षीया बालिकालाई अपहरण गरी भारत लैजाने एकै परिवारका ३ पक्राउ


  • ढोरपाटन संवाददाता
  • पुष १७ २०८१, बुधबार

लमजुङ/  सदरमुकाम बेशीशहरकी एक १४ वर्षीया बालिकालाई अपहरण गरी भारत लगेको आरोपमा प्रहरीले एकै परिवारका ३ भारतीयलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा भारतको मोतिहारी घोडासान थाना बकुलिया–५ घर भई हाल लमजुङको बेंसीसहर नगरपालिका–७ सहजी बस्दै आएका ४० वर्षीय शेख सइतुला, उनकी श्रीमती र छोरा रहेका छन् । जिल्ला प्रहरीका अनुसार किशोरीलाई सइतुला परिवारले मंसिर २४ गते बिहान साढे ८ बजेतिर परिवारलाई थाहै नदिई लगेको थियो । .किशोरीको नेपाल–भारतको सीमावर्ती क्षेत्रबाट उद्दार गरी बेशीशहर ल्याइएको छ । सइतुला परिवारलाई पनि सोही क्षेत्रबाट पक्राउ गरिएको हो ।

शेखले आफ्नो छोराले किशोरीलाई भगाएर लगेको भनी घरपरिवारलाई फोन गरेर जनाएपछि यो घटना सार्वजनिक भएको हो । पक्राउ परेका ३ जनालाई सोमबार जिल्ला ल्याई मंगलबार अपहरण तथा शरीर बन्धक सम्बन्धी कसुर मुद्दामा लमजुङ जिल्ला अदालतबाट ५ दिनको म्याद थप गरी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->