बुधबार, कार्तिक ४ २०८३

बुधबार, कार्तिक ४ २०८३
  • ४ कार्तिक २०८३ , बुधबार
  • October 21 2026

लोकतान्त्रिक यातायात व्यवसायी संघ कास्कीको अध्यक्षमा देविप्रसाद

लोकतान्त्रिक यातायात व्यवसायी संघ कास्कीको अध्यक्षमा देविप्रसाद


  • ढोरपाटन संवाददाता
  • पुष १८ २०८१, बिहिबार
filter: 0; fileterIntensity: 0.0; filterMask: 0; captureOrientation: 0; module: photo; hw-remosaic: false; touch: (0.28425926, 0.66944444); modeInfo: ; sceneMode: 8; cct_value: 5200; AI_Scene: (-1, -1); aec_lux: 105.0; aec_lux_index: 0; hist255: 0.0; hist252~255: 0.0; hist0~15: 0.0; albedo: ; confidence: ; motionLevel: 0; weatherinfo: null; temperature: 35;

पोखरा/नेपाल लोकतान्त्रिक यातायात व्यवसायी संघ कास्कीको प्रथम जिल्ला अधिवेशनले देविप्रसाद कुइकेलको अध्यक्षतामा सर्वसम्मत नयाँ कार्यसमिति चयन गरेको छ ।
समितिको उपाध्यक्षमा विश्वराज बराल, सचिवमा सूर्यबहादुर थापा, कोषाध्यक्षमा युवराज गुरुङ, सहसचिवमा वीरेन्द्रराज काफ्ले चयन भएका छन् ।
त्यसैगरी समितको सदस्यहरुमा जाल कुमारी कार्की, तोयनाथ गौतम, सुरथ पौडेल, विराट पौडेल, डम्बर ढकाल, वुद्धिप्रसाद सुवेदी र टुकनारयण पौडेल रहेका छन् ।
निर्वाचन समितका संयोजक प्रेमप्रसाद पौडेल तथा सदस्यद्धय जयप्रसाद शर्मा र अरुण गिरीले समिति सर्वसम्मत चयन गर्न भूमिका खेलेका थिए ।
नेपाल लोकतान्त्रिक यातायात व्यवासयी संघ गण्डकी प्रदेशको हालै सम्पन अधिवेशनले नयाँ कार्यसमिति चयन गरेसँगै जिल्ला समिति विस्तार शुरु गरेको हो ।
संघले गण्डकी प्रदेशका सवै जिल्लाामा माघ महिन सम्ममा समिति विस्तार गर्ने योजना रहेको नेपाल लोकतान्त्रिक यातायात व्यवसायी संघ गण्डकी प्रदेशका अध्यक्ष महेश बहादुर थापा गणेशले जानकारी दिए ।
यसअघि कार्यक्रमको उद्घाटन गर्दै प्रमुख अतिथी नेपाली काँग्रेस कास्कीका सभापति किशोरदत्त बरालले यातायात व्यवसायीका हक हितमा पार्टीले केन्द्र प्रदेश जिल्ला तहमा आवाज उठाउने बताए । यातायात व्यवसायी मर्यादित र अनुशाशित हुँदा पार्टीलाई नै फाइदा पुग्ने बताउँदै उनले व्यवसायलाई मर्यादित र अनुशाशित बनाउन लाग्न आग्रह गरे ।
कार्यक्रममा नेपाल लोकतान्त्रिक यातायात व्यवसायी संघका केन्द्रीय सदस्य तथा पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष गोकर्ण कार्की, केन्द्रीय आमन्त्रीत सदस्य तथा नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका केन्द्रीय सचिव भानुभक्त बराल, पोखरा १६ का वडाअध्यक्ष अमृत तिमिल्सिना, काँग्रेस कास्कीका सहचिव तथा प्रवत्ता नविन सिग्देल, नेपाल लोकतन्त्रवादी आदिवासी जनजाति महासंघ गण्डकी प्रदेशका अध्यक्ष जितबहादुर गुरुङ, काँग्रेस स्याड्डजाका महाधिवेशन प्रतिनिधि प्रेमराज पौडेल लगायतले बोलेका थिए ।
नेपाल लोकतान्त्रिक यातायात व्यवसायी संघ गण्डकीका अध्यक्ष महेश बहादुर थापा गणेशको अध्यक्षतामा भएको कार्यक्रममा कोषाध्यक्ष बाबुराम घिमिरेले स्वागत र सचिव मेघराज त्रिपाठीले कार्यक्रम सञ्चालन गरेका थिए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->