बुधबार, कार्तिक ४ २०८३

बुधबार, कार्तिक ४ २०८३
  • ४ कार्तिक २०८३ , बुधबार
  • October 21 2026

अब कास्कीमा मोटरसाइकल र स्कुटरको ट्रायल दिदा शुल्क तिर्न नपर्ने, अन्य सवारीको शुल्क पनि ब्यापक कटौती

अब कास्कीमा मोटरसाइकल र स्कुटरको ट्रायल दिदा शुल्क तिर्न नपर्ने, अन्य सवारीको शुल्क पनि ब्यापक कटौती


  • ढोरपाटन संवाददाता
  • पुष १९ २०८१, शुक्रबार
फाइल तस्वीर

पोखरा/  सवारी चालक अनुमति पत्रका लागि यातायात व्यवस्था कार्यालयमा ट्रायल दिदा मोटरसाइकल र स्कुटर निशुल्क हुने भएको छ । यसअघि भने सवारीचालक अनुमति पत्र लिदा दिनुपर्ने प्रयोगात्मक परिक्षामा निश्चित शुल्क तिर्नुपर्ने ब्यबस्था थियो ।

त्यसैगरि अन्य सवारीसाधनमा पनि यसअघि लाग्दै आएको शुल्कमा ब्यापक कटौती भएको कार्यालय प्रमुख मिलन केसीले जानकारी दिए । बिगतमा ट्रायल दिन कार प्रयोग गरेबापत ३०० सय रुपैयाँ शुल्क तिनुपर्ने थियो भने अबदेखि २४ रुपैयाँ मात्रै तिरेर ट्रायलका लागि कार प्रयोग गर्न सकिने भएको छ । त्यसैगरि अब देखि निजि सवारीसाधनले पनि ट्रायल परिक्षामा सहभागि हुन पाउने ब्यबस्था गरिएको छ । चारपाङग्रे जिप, कार, डेलिभरी भ्यानका लागि पहिला ३ सय रुपैयाँ तिर्नुपर्नेमा २४ रुपैयाँ मात्र शुल्क लिन सुरु भएपछि ट्रायल दिने सर्वसाधरणलाई धेरै राहत हुने कार्यालयले बताएको छ । ट्रायल दिने क्रममा बसका लागि ७ सय रुपैयाँ लिने गरिएकोमा १ सय ८९ रुपैयाँ, मिनीबसका लागि पहिला ६ सय रुपैयाँ लिने गरिएको अब १ सय २४ रुपैयाँ र ट्याक्टरका लागि ५ सय रुपैयाँ लिने गरिएकोमा अब ८९ रुपैयाँ मात्र शुल्क लाग्नेछ । पुराना मोडलका गाडीहरुबाट ट्रायल दिनुपर्ने बाध्यता अब हट्नेछ । युरो मापदण्डका २०१९ मोडलका गाडीहरु ट्रायलमा राखिने ट्रायल ब्यबस्थापनको जिम्मेबारी पाएको सनराईज ड्राईभिङ्ग स्कुलका अध्यक्ष बसन्त भट्टचनले जनाए । उनका अनुसार पावर स्टेरिङ, एसि, पावर विन्डोज, एबिएस एण्ड इबिडी सिस्टम, एयर व्याग, ८ सय सिसी क्षमताको इन्जिन, ग्राउण्ड किलियरेन्स १ सय ८५ सिसी, व्याक सेन्सर लगायतका विशेषता भएका गाडीहरु ट्रायलमा राखिएको छ । साथै आफ्नै सवारी साधन हुनेले आफ्नैबाट दिन सक्नेछन ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->