पोखरा/राजनीतिमा महिलाको सहभागितालाई प्रभावकारी बनाउने उदेश्यका साथ पर्यटकीय गन्तव्य अष्टे«लियन वेस क्याम्पमा अनुपम अभियान सम्पन्न भएको छ । आगामी २०८४ मा हुने निर्वाचनलाई लक्षित गर्दै मितिनी नेपालको आयोजनामा कास्कीको अन्नपूर्ण गाउँपालिकामा देशव्यापी महिलावादी आन्दोलनको अनुपम अभियान सम्पन्न भएको छ ।
शुक्रबार मितिनी नेपालले महिला लक्षित गर्दै कार्यक्रमसंगै वेश क्याम्पमा सरसफाइसमेत गरेको थियो । महिलावादी गीत प्रस्तुत गर्र्दै ‘८४ मा महिला, यौतिकता हाम्रो पहिचान, अनुपम अभियान सफल पारौं, एलबी क्यू महिला पर्खँदैन, अधिकार नलिइ फर्कँदैन’ लगायतका नाराहरु बोकेर धम्पुसमा ¥यालीको निकालेर हाइकिङ गर्दै अष्टे«लियन वेस क्याम्प पुगी त्यहा सरसफाइ गरेका थिए ।
अन्तरपुस्ता महिलावादी मञ्चले सुरु गरेको अनुपम आन्दोलनको मुख्य उद्देश्य ८४ मा राजनितिमा महिलाको अर्थपूर्ण सहभागिता लगायत न्यायिक र समतामुलक समाज स्थापना गर्न टेवा पु¥याउनु रहेको छ । जाति, धर्म, लैंगिकता, भौगोलिक स्थितिले पछि पारिएका समुदाय र महिलाहरुको आवाज बुलन्द पारी राज्यको हरेक तहमा निर्णायक भूमिकामा पु¥याउने र आत्मसम्मान बढाउने अभियानको प्रयास रहेको छ ।
सोही अभियानलाई अगाँल्दै वातावरण संरक्षण गर्ने उदेश्यका साथ सरसफाइ कार्यक्रमको आयोजना गरिएको थियो । पर्यटन व्यवसायि विवश देवकोटाले पर्यटन क्षेत्रमा फोहोर व्यवस्थापनका लागि गरिएको सरसफाई कार्यक्रमको प्रशंसा गर्दै वातावरणमा झै मानवको मस्तिस्कमा समेत सफाइ हुनुपर्ने बताए ।
अनुपम अभियानकी कार्यक्रम संयोजक सरु केसीसहित लैंगिक तथा यौनिक अल्पसंख्यक समुदायका व्यक्ति, अधिकारकर्मी तथा आयोजक गरी ३१ जनाको सहभागिता रहेकोे यौनिक तथा लैंगिक अल्पसंख्यक समुदायका अभियानकर्ता तथा मितेनी नेपालका सदस्य सुभाष सापकोटाले जानकारी दिए ।





