पोखरा/पोखरा महानगरपालिका एमालेको दबाबसामु प्रशासन लाचार हुँदा नगर प्रहरीमाथि भएको कुटपीटको घटना त्यसै दबिएको छ । तीन महिनाअघि भएको घटनामा दोषीले त्यसै उम्किने मौका पाउँदा पीडितत अन्यायमा परेका छन् । घटनामा भएको राजनीतिकरणले अहिले आफू अन्यायमा परेको पीडित सन्तबहादुर केसीले गुनासो पोखेका छन् । एमालेको दबाब, कांग्रेस मौन र प्रशासनले कर्मचारीको अधिकारको वेवास्ता गर्दा पीडकले उन्मुक्ति पाएका हुन् । जनप्रतिनिधिले कर्मचारीमाथि मरणासन्य हुनेगरी प्रहार गरेका थिए । घटनामा रोचक पक्ष त के छ भने, एमाले निकट व्यक्तिहरुले डाक्टरको बारेमा स्टाटस लेख्ने, एमालेले होइन भन्न लगाउनेदेखि अस्पतालमा रेकी गर्नेसम्मका काम गरे । त्यसले मात्र कहाँ पुग्थ्यो र ? यतिसम्मको दबाब सन्तबहादुरको परिवाले खेप्न बाध्य भयो कि आफ्नै खर्चमा उपचार गराउँछु भन्दा मेत उनीमाथि एमाले निकट व्यक्ति निरन्तर लागिरहे । घटना अहिले सामसुम पारिएको छ । घटनाको पृष्भूमि करार कर्मचारीलाई अवकाश दिने निर्णय थियो । त्यो विषयमा पछि एमाले र कांग्रेुस मिले । नगरसभाबाटै त्यो विषय निरुपण पनि गरियो । तर, करार कर्मचारी अवकाशको विरोधमा उत्रिएको एमालेका कार्यकर्ताको आक्रमणमा परेका एक कर्मचारीले भने न्याय पाउनै सकेनन् । घटनाको सुरुवाततिर कांग्रेस निकट जनप्रतिनिधिले घाइते पक्षलाई उकास्ने काम गर्न थाले पनि अहिले उनी अन्यायमा परिरहँदा भने चुइक्क बोलेको देखिएको छैन् ।
‘मैले पुरानै रोगको उपचार गर्न गएको त होइन नि । अहिलेसम्म मलाई कुनै दीर्घरोग थिएन । मलाई हर्निया भन्ने पनि थाहा थिएन । जहाँ हान्यो, त्यहाँ दुख्यो । त्यसपछि सहन सकिन र उपचार गर्न गएँ,’ सन्तबहादुरले भने, ‘अस्पतालमा उपचार भयो तर डाक्टरको पनि पेजमा गएर जे पायो त्यही लेख्नेसम्मका काम भए । मैले त्यहाँ कुनै राजनिति, अन्याय अत्याचार वा भ्रष्टाचार गरेको भए फरक कुरा हुने थियो तर म त सुरक्षामा खटिएको थिएँ । मेरो दायित्व अनुरुप अनुशासन पूरा गरेको थिएँ, मलाई हान्दा मैले पनि त हान्न सक्ने थिएँ नि ।’ महानगरले अन्याय गरेका देख्दा लामो समय महानगरलाई दिएको सेवाप्रति आफैलाई पनि धिक्कार्छन् । महानगरमै न्यायिक समितिसमेत छ । महानगरवासीका लागि न्याय दिन बसेको न्यायिक समिति समेत यसको मुकदर्शक बनेको छ । सन्त थप्छन्, ‘केही पनि भएन, अब कारवाही हुनुपर्ने भएन ।’ प्रत्यक्ष रुपमा ममाथि प्रहार भएको देखिन्छ कसले प्रहार गरेको भन्ने पनि प्रष्ट छ तर,पनि ममाथिको अन्यायमा महानगरले वेवास्ता गरिरहेको छ । जनप्रतिनिधिले आफ्नै कर्मचारी कुट्नु अन्याय भएको उनी सुनाउँछन् ।
‘कारवाहीका लागि महानगरपालिकामा मैले एकलौटी उजुरी हाल्न नमिल्दो रहेछ । एकलौटी हाल्दा मेरो कुरा पुरा सुनुवाइ नै नहुने रहेछ । यसमा महानगरले नै हाल्नुपर्ने हुन्छ, नगरप्रहरीले नै हाल्नुपर्ने र प्रशासनले नै हाल्नुपर्ने तर त्यसो भएको छैन् ।’ संवेदनशील अंगमा हानेपछि अहिले २२ वटा टाँका लगाएको उनी सुनाउछन् । १९ गतेसम्म आफूलाई केही रोग नभएको उनको दाबी छ । घटनापश्चात भने स्वास्थ्यमा समेत समस्या देखिएको छ । प्रमुख प्रशासकीय अधिकृत शिवराज चौलागाईंले आफूलाई त्यसबारेमा पछिल्ला जानकारी नभएको सुनाए । उनले घटनाबारेमा के कस्तो भइरहेको छ त्यो बुझ्नुपर्ने प्रतिक्रिया दिए । ‘उपचारमा रहेर अलि अघिसम्म बिदा थपेको हो । अहिले म अध्यावधिकमा छैन । पछिल्लो अपडेटमा म छैन,’ उनले भने, ‘कारवाहीको लागि पनि मैले केही विवरण लिएको छैन । कारवाही भएको वा नभएको भन्ने केही आएको छैन उहाँ स्वास्थ्य लाभमा हुनुहुन्छ सुधार भइरहेको छ भन्ने सम्मको विवरणमात्रै थाहा छ ।’ कर्मचारीको विषयमा महानगरकै प्रशासनले नै हेर्ने उनी सुनाउँछन् ।
यता नगर प्रहरी प्रमुख प्रहरी निरीक्षक पुरुषोत्तम थापा र पीडितको कुरा भने बाझिएको छ । पीडितले आफुको बारेमा नगरप्रहरीले नै बोल्नुपर्ने बताइरहँदा थापाले भने नगरप्रहरीले केही गर्न नसक्ने र पीडित स्वयम्ले यसबारेमा अघिबढ्नुपर्ने सुनाउँछन् । उनका अनुसार जनप्रतिनिधिको विषय भएकाले नगरप्रहरी बोल्ने ठाउँ छैन । यसबारेमा महानगरकै प्रशासन र कार्यपालिकाले बोल्नुपर्ने हो । ‘कार्यालयले गर्ने कुरा हो ,नगरप्रहरीले गर्ने कुरा होइन प्रशासनले के गरिरहेको छ?,’ उनले भने, जनप्रतिनिधिहरु उहाँहरु । हामीले त के गर्ने र ? हामीले प्रशासनलाई भन्ने कुरा हो । अब सम्बन्धित व्यक्तिले गर्नुभएन ।’ अहिले अफिस आएको र बजार घुमेर एकछिन आराम गर्ने गरेको उनले जानकारी दिए । घटना तीन महिनाअघि अर्थात् कात्तिक २० गतेको हो । सो दिन एमाले निकट जनप्रतिनिधि र केही एमाले निकट इन्जिनियर महानगर कार्यालय परिसरमा प्रवेश गरेर नगर प्रहरी सन्तबहादुरको गुप्तांगमा प्रहार गरेका थिए । कात्तिक १५ गते बसेको कार्यपालिका बैठकले करार कर्मचारी हटाउने निर्णय गरेपछि त्यसको विरोधमा एमाले जनप्रतिनिधिसहित केही कर्मचारीले महानगर कार्यालयमा धर्ना दिएका थिए । सोही क्रममा मेयरको कार्यकक्षमा प्रवेश गर्न खोज्दा रोकेपछि उनीमाथि प्रहार हुँदा गम्भिर घाइते भएका थिए । उक्त समय महानगरमा मेयर र उपमेयर अनुपस्थित थिए । गुप्तांगमा प्रहार भएपछि त्यहि ढलेका नगर प्रहरी केसीलाई उपचारका लागि तत्काल गण्डकी मेडिकल कलेज पुर्याइएको थियो । एक्सरेपछि उनको अण्डकोषमा चोट लागेको देखिएको थियो । उपचारको क्रममा सन्तबहादुरले अस्पतालको बेडबाटै आफुमाथि निकै दबाब आइरहेको भन्दै गुनासो पोखिरहेका थिए । उनको गुनासो आज पनि ताजै छ । सिर्जनाचोकस्थित मेट्रो सिटी हस्पिटलमा गुप्तांगको शल्यक्रिया गरी आइसियुबाट निकालेको एक दिन पनि पुरा वित्न नपाउँदै उनलाई डिस्चार्ज गर्दा परिवार नै आश्चर्यमा परेका थिए । अस्पतालमा भर्ना हुनुअघि नै शल्यक्रियापश्चात पनि पाँच दिन जति भर्ना गरेरै राख्नुपर्ने चिकित्सकको सल्लाह थियो । तर, गण्डकी मेडिकल कलेजमा उपचार पछि मेट्रो सिटी पुगेका उनलाई औषधिको डोज समेत नपुग्दै घर जान भनेपछि चिन्तामा परेका थिए । त्यतिबेला अनावश्यक राजनैतिक दबाब उनीमाथि आइलागेको थियो । एमालेका जनप्रतिनिधिले कुटेको सबैलाई थाहा हुँदासमेत सबै मौन बसिरहेका छन् । उनका अनुसार सन्त घटना भएको दिन अस्पताल पुगेर घरमा आउँदा कागज समेत लुकाएका थिए । यस अघि कुनै दिनपनि बिदामा नबसेका सन्तको उपाचारको क्रममा एक रिपोर्ट बाहिर आएपछि त्यो परिवार र अस्पतालको अनुमति बिनै तस्वीर खिचेर सार्वजानिक समेत गरेको थियो । यस विषयमा न त पोखरा महानगरपालिकाका मेयरले चासो देखाए न त उपमेयरले नै । जनप्रतिनिधिबाटै घटको घटनामा उनीहरु समेत मौन बस्दा नगरप्रहरीले अन्य नागरिकबाट सुरक्षाको अनुभूति गर्न सकिरहेका छैनन् ।





