बुधबार, कार्तिक ४ २०८३

बुधबार, कार्तिक ४ २०८३
  • ४ कार्तिक २०८३ , बुधबार
  • October 21 2026

चुनावमा लोकप्रिय मत पाउने दलले पाँच वर्ष सरकार चलाउन पाउनेगरी संविधान संसोधन गर्नुपर्छः कांग्रेस महामन्त्री गगन थापा

चुनावमा लोकप्रिय मत पाउने दलले पाँच वर्ष सरकार चलाउन पाउनेगरी संविधान संसोधन गर्नुपर्छः कांग्रेस महामन्त्री गगन थापा


  • ढोरपाटन संवाददाता
  • पुष २० २०८१, शनिबार

पोखरा/ नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले स्थिर सरकार संचालनमा अहिलेको निर्वाचन प्रणाली बाधम भएकाले अव निर्वाचनमा धेरै मत पाउने राजनीतिक दलले ५ वर्षसम्म सरकार चलाउन पाउने गरी संविधान संसोधन गर्नुपर्ने बताएका छन् । अहिलेको निर्वाचन प्रणाली कुनै पनि दलले ५ वर्ष सरकार चलाउन नपाउने गरी बनाइएको भन्दै उनले लोकप्रिय मत पाउने दलले ५ वर्षसम्म सरकार चलाउन पाउनुपर्ने जिकीर गरेका हुन ।

शनिवार पोखरामा आयोजित गण्डकी प्रदेशस्तरीय अभिमुखीकरण कार्यक्रममा थापाले अहिलेको संवैधानिक व्यवस्था अनुसार बहुमत नपाउँदा अर्को दलसँग मिलेर सरकार बनाउनुपर्ने बाध्यता हुने गरेको भन्दै उनले नेपालमा गठबन्धनको विकृत अभ्यास भएको बताए । ‘‘गठबन्धनको यति तीतो अनुभव हामीसँग रह्यो, गठबन्धनको यति विकृत अभ्यास हामीहरुका सन्दर्भमा भयो’, उनले भने, ‘चुनाव अगाडिका लागि मात्र होइन, चुनावपछि पनि हेर्नुस् त यसबीचमा हामीले कतिवटा सरकार बदल्यौं । सरकारमा बसेको प्रधानमन्त्रीले हरेक दश दिनमा यो सरकार बदलिन्न भन्नुपर्ने अवस्था छ । भाषण यो सरकार बदलिन्न भन्नेबाट सुरु हुन्छ ।’ अरु कतिपय देशमा गठबन्धन सरकार लामो समयसम्म चलेको तर नेपालको सन्दर्भमा गठबन्धन सरकार ठिक नभएको उनको भनाई थियो । गठबन्धनको सरकार चलाउने एउटा संस्कार, संस्कृति हुने उनले बताए ।

उनले अहिलेको समावेशितालाई कायम राख्दै लोकप्रिय मत पाउने दलले पाँच वर्ष सरकार चलाउन पाउनुपर्ने व्यवस्था संविधानमा गर्नुपर्ने जनाएका हुन । प्रदेश सरकारको मन्त्रिपरिषद्को आकार घटाउनुपर्ने पनि उनले बताए । प्रदेश सरकारमा चार–पाँच जना मन्त्री रहने भनेर संविधानमै लेख्नुपर्ने उनले बताए ।

 

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->