बुधबार, कार्तिक ४ २०८३

बुधबार, कार्तिक ४ २०८३
  • ४ कार्तिक २०८३ , बुधबार
  • October 21 2026

जेष्ठ नागरिकसँग हिमालय क्लव अभियान शुरु

जेष्ठ नागरिकसँग हिमालय क्लव अभियान शुरु


  • ढोरपाटन संवाददाता
  • पुष २० २०८१, शनिबार

पोखरा/  पोखराको अग्रणी सामाजिक संस्था हिमालय क्लव, बाटुलेचौरले जेष्ठ नागरिकका क्षेत्रमा समेत काम गर्ने भएको छ। महिला, बालबालिका तथा युवाको क्षेत्रमा विगत २८ वर्षदेखि क्रियाशिल क्लवले प्रत्येक वर्ष जेष्ठ नागरिकलाई लक्षित गरी कार्यक्रम संचालन गर्ने तयारी गरेको क्लवले जनाएको छ।

यसै क्रममा जेष्ठ नागरिकसँग हिमालय क्लव भन्ने अभियान स्वरूप शनिवार विशेष कार्यक्रमको आयोजना गरेको छ। आत्मज्ञान प्रचार संघ, अमरदिपमा रहेका जेष्ठ नागरिकलाई भेटी उनीहरूसँग सम्वाद गरिएको क्लवका सचिव तुलबहादुर बस्नेतले जानकारी दिए । कार्यक्रममा क्लबका अध्यक्ष मोहनवहादुर थापाले जेष्ठ नागरिक समाजको दर्पण भएको बताउँदै, उनीहरूको सम्मानले मात्र समाज सभ्य बन्ने बताए ।

कार्यक्रम संयोजक लक्ष्मी श्रेष्ठ, सल्लाहकार राजेन्द्रवहादुर देवकोटा, आत्मज्ञान प्रचार संघका गीतादेवी तिमिल्सिना लगायतले क्लवले जेष्ठ नागरिक केन्द्रित अभियान शुरु गरेकोमा खुशी व्यक्त गरे। संघका अमरदिप शाखा अध्यक्ष नेत्रबहादुर खड्काले स्वागत गरेको कार्यक्रमको सञ्चालन क्लवका सचिव तुलबहादुर बस्नेतले गरेका थिए । क्लवले सो अवसरमा आत्मज्ञानमा आवद्ध १ सय जना जेष्ठ नागरिकलाई प्रसाद वितरण समेत गरेको थियो।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->