सोमबार, भाद्र ८ २०८३

सोमबार, भाद्र ८ २०८३
  • ८ भाद्र २०८३ , सोमबार
  • August 24 2026

समाजवाद उन्मुख नीति अवलम्बन गर्न नसक्दा शिक्षा क्षेत्रमा समस्या : मन्त्री पाठक

समाजवाद उन्मुख नीति अवलम्बन गर्न नसक्दा शिक्षा क्षेत्रमा समस्या : मन्त्री पाठक


  • ढोरपाटन संवाददाता
  • पुष २० २०८१, शनिबार

बागलुङ/गण्डकी प्रदेश सरकारका स्वास्थ्य मन्त्री कृष्ण प्रसाद पाठकले संविधानमा समाजवाद उन्मुख राज्य व्यवस्था भनेर लेखिए पनि त्यहिं अनुरुप शिक्षा व्यवस्थामा परिवर्तन नहुँदा मुलुकको शिक्षा क्षेत्रमा समस्या देखा परेको बताएका छन् ।
‘समाजवाद भनेपछि त्यहिं अनुरुप शिक्षा, आर्थिक र साँस्कृतिक नीति निर्माण गर्नुपरर्याे’ मन्त्री पाठकले भने, ‘तर, हामीले समाजवाद उन्मुख नीति निर्माण गर्न नसक्दा परिणाम स्वरुप मुलुकको शैक्षिक क्षेत्रमा समस्या देखा परेका छन् ।’ यस्ता समस्या समाधान गर्न हामीले अंगिकार गरेको व्यवस्थाअनुसार नीति निर्माण गर्नुपर्ने मन्त्री पाठकको भनाई थियो ।
विद्यार्थीले प्रारम्भिक शिक्षा प्राप्त गर्न पाउने नैसर्गिक अधिकार रहेकाले महंगो बन्दै गएको शैक्षिक क्षेत्रलाई राज्यले जनमैत्री, सुगम र गुणस्तरियुक्त बनाउन, सामान्य नागरिककका बालबालिकाले शिक्षा आर्जन गर्ने थलो र वातावरण निर्माण गर्नुपर्ने मन्त्री पाठकले बताए ।
मन्त्री पाठकले देशको शैक्षिक क्षेत्रमा संस्थागत विद्यालयले महत्वपूर्ण योगदान गरेको चर्चा गरे । सामुदायिक र संस्थागत विद्यालयमा सबै बालबालिकाले सहज रुपमा पढ्ने वातावरण बन्नुपर्ने मन्त्री पाठकको जोड थियो । पाठकले बद्लिंदो युगसंगै शिक्षा क्षेत्रमा पनि आमूल परिवर्तनको आवश्यकता औल्याए ।
मन्त्री पाठकले दुर्गमका जनता अब स्वास्थ्य सेवाबाट बन्चित हुनुनपर्ने बताए । ‘गण्डकी प्रदेश सरकार ग्रामिण क्षेत्रका जनताको स्वास्थ्यप्रति सधैं सचेत छ’ शनिबार बागलुङ नगरपालिका वडा नं. १४ नारायणस्थानस्थित गणेश माविको ४२ वार्षिकोत्सव तथा अभिभावक दिवसमा बोल्द मन्त्री पाठकले भने, ‘त्यसका लागि दुर्गमका स्वास्थ्य संस्थाहरुको स्तरोन्नतीको काम भईरहेको छ ।’
सो अवसरमा मन्त्री पाठकले विद्यालय परिसरमा निर्मित फन पार्कको उद्घाटन समेत गरेका छन् । गण्डकी प्रदेश सरकारको १० लाख बजेतमा उक्त फन पार्क निर्माण गरिएको हो ।

कार्यक्रममा बागलुङ नगरपालिका वडा नं. १४ का वडा अध्यक्ष चक्रबहादुर खत्री, वडा नं. १३ का वडा अध्यक्ष नारायण शर्मा पौडेल, वडा नं.१२ का वडा अध्यक्ष कोपिलामणी शर्मा नेकपा एमाले बागलुङ नगरकमिटीको सचिव धुव्र श्रेष्ठ, नेपाल शिक्षक संघ बागलुङका प्रतिनिधि घनश्याम रिजाल, त्रिभुवन माविका प्रधानाध्यापक कृष्ण प्रसाद शर्मा, स्थानिय समाजसेवी तथा सम्मानित व्यत्ति लेखनाथ सुवेदी, विद्यालयका पूर्व विद्यार्थी तथा स्याङ्जा जिल्लाका प्रहरी उपरिक्षक शालिग्राम शर्माले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।
कार्यक्रममा विद्यालयका प्रधानाध्यापक एकनाथ रिजालले विद्यालयको प्रगती तथा आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए । विद्यालयमा हाल ७ सय १८ विद्यार्थी अध्ययनरत रहेका छन् । विद्यालयले आफ्नै छात्राबास पनि संचालन गरेको छ ।
कार्यक्रममा विद्यालयलाई विभिन्न स्तरबाट सहयोग गर्ने सहयोग दाता, पुर्व विद्यार्थी, शिक्षक लगायतलाई सम्मान गरिएको थियो । बार्षिकोत्सवको अवसरमा विद्यालयमा विभिन्न खेलकुदका कार्यक्रम तथा सांस्कृतिक कार्यक्रम संचालन गरिएको थियो ।
कार्यक्रम विद्यालय व्यवस्थापन समितिका अध्यक्ष बालमुकुन्द ढकालको अध्यक्षता व्यवस्थापन समितिका सदस्य स्वर्गेन्द्र बहादुर खत्री र विद्यार्थी सदिक्षा सुनारको स्वागत तथा नारायण श्रेष्ठ र शिक्षक केशव शर्माको संचालनमा सम्पन्न भएको थियो ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->