सोमबार, भाद्र ८ २०८३

सोमबार, भाद्र ८ २०८३
  • ८ भाद्र २०८३ , सोमबार
  • August 24 2026

एआईको युगमा बौद्विक वर्ग परिस्कृत हुनुपर्छ : मन्त्री पाठक

एआईको युगमा बौद्विक वर्ग परिस्कृत हुनुपर्छ : मन्त्री पाठक


  • ढोरपाटन संवाददाता
  • पुष २१ २०८१, आइतबार

बागलुङ÷/ण्डकी प्रदेश सरकारका स्वास्थ्य मन्त्री कृष्ण प्रसाद पाठकले शिक्षकलाई अहिलेको परिस्थिती अनुसार अगाडि बढ्न नसके देशको विकासमा योगदान पुर्याउने दक्ष जनशक्ति उत्पादन गर्न नसकिने बताएका छन् ।
शनिबार सम्पन्न नेपाल राष्ट्रिय शिक्षक संगठन बागलुङ नगरको ५ औं नगर परिषद तथा तेश्रो अधिवेशनलाई सम्बोधन गर्दै मन्त्री पाठकले भने, ‘एआईको जमानामा शिक्षकहरुले विद्यार्थीको मनोविज्ञान बुझेर आफुलाई परिस्कृत गर्नुपर्छ ।’ कृतिम मानवको जमानामा शिक्षकहरुले आफुलाई परिस्कृत गर्न नसके नेपाली जनताले देखेको समृद्विको सपना अधुरो हुने मन्त्री पाठकले बताए ।
नेपालको शिक्षा क्षेत्रमा धेरै समस्या रहेको स्वीकार गर्दै मन्त्री पाठकले शिक्षकहरुले क्षमता अभिवृद्वि गर्दै सूचना प्रविधिको युगलाई पछ्याउन सुझाव दिए । सधैं जनताको बीचमा रहने शिक्षकले आफ्नो भूमिका प्रभावकारी बनाउन सके देश समृद्विको दिशामा अघि बढ्ने उनको भनाई थियो । ‘कृतिम मानवसंग प्रश्न सोधेर विद्यार्थीले उत्तर लेख्ने जमाना आयो, अब शिक्षकहरुले आफुलाई युग सापेक्ष बन्न तयार हुनुपर्छ’ मन्त्री पाठकले भने ।
पार्टीलाई संकट परेका बेला महत्वपूर्ण भूमिका खेलेको भन्दै मन्त्री पाठकले शिक्षक संगठनको प्रशंसा गरेका थिए । पार्टी सरकारमा रहेका बेला देशको बौद्विक क्षेत्रले शिक्षा क्षेत्रमा आमूल परिवर्तन ल्याउन प्रभावकारी भूमिका खेल्नुपर्ने पाठकको भनाई थियो । ‘छेउ न टुप्पा भएका पार्टीले एमालेबारे कुप्रचार गरेर जनतामा भ्रम छर्ने प्रयास गरिरहेको भन्दै मन्त्री पाठकले रोष व्यक्त गरे । ‘जनताको लोकप्रिय पार्टीप्रति भ्रम सिर्जना गर्ने काम भईरहेको छ’ मन्त्री पाठकले भने, ‘शिक्षकहरुले त्यो भ्रम र्चिन सक्नुपर्छ ।’ बौद्विक वर्गले सहि ठाउँमा बोल्न नसक्दा पार्टी कमजोर बन्ने उनको भनाई थियो ।
कार्यक्रममा नेपाल राष्ट्रिय शिक्षक संगठन राष्ट्रिय समितिका सदस्य गोविन्द भण्डारी, नेकपा एमाले जिल्ला कमिटि बागलुङका सचिव गणेश थापा, नेपाल राष्ट्रिय शिक्षक संगठन राष्ट्रिय समितिका पूर्व सदस्य टिकाराम सापकोटा, बागलुङ नगरपालिकाका निवर्तमान नगरप्रमुख जनकराज पौडेल, सल्लाहकार डा. डिल्लीराज गौतम, एमाले बागलुङ नगर कमिटिका अध्यक्ष रामकृष्ण शर्मा, नेपाल राष्ट्रिय शिक्षक संगठन बागलुङ नगर कमिटिका पूर्व अध्यक्ष थानेश्वर गौतम, नेपाल राष्ट्रिय शिक्षक संगठन काठेखोला गाउँपालिका अध्यक्ष शिव भण्डारी लगायतले शूभकामना मन्तव्य व्यक्त गर्दै आवश्यकतालाई सम्बोधन हुने गरी नयाँ नेतृत्व नयन गर्न सुझाव दिएका थिए ।
कार्यक्रममा महेन्द्र कार्की, भूपेन्द्र खड्का, सिता नेपाली, रिता सापकोटा, सोमनाथ शर्मालाई मन्त्री पाठकले सम्मान गरेका थिए । संगठनका अध्यक्ष पार्वती कुमारी शर्माको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा स्वागत उपाध्यक्ष यज्ञ प्रसाद रखाल र संचालन सचिव कुल बहादुर कार्कीले गरेका थिए । अधिवेशनले नयाँ नेतृत्व चयन गर्ने छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->