बुधबार, कार्तिक ४ २०८३

बुधबार, कार्तिक ४ २०८३
  • ४ कार्तिक २०८३ , बुधबार
  • October 21 2026

स्याङ्जाली दिदीबहिनी एकता समाजको तेस्रो वार्षिक साधारण सभा 

स्याङ्जाली दिदीबहिनी एकता समाजको तेस्रो वार्षिक साधारण सभा 


  • ढोरपाटन संवाददाता
  • पुष २१ २०८१, आइतबार

पोखरा/ स्याङ्जा घर वा माइत भैँ पोखरामा विभिन्न पेसा व्यवसाय तथा बसोबास गर्दे आएका महिला दिदी बहिनीहरू आबद्ध स्याङ्जाली दिदी बहिनी एकता समाजको तेस्रो वार्षिक साधारण सभा तथा वनभोज कार्यक्रम पोखरामा सम्पन्न भएको छ । साधारण सभाको उद्घाटन गर्दै पोखरा महानगरपालिका–१७ का वडाध्यक्ष राधिका शाही योगीले महिलाहरूको नेतृत्व विकासको लागि यस्तो समाजले महत्त्वपूर्ण भूमिका खेल्ने बताइन । उद्यमी बन्न चाहने ३० जना महिलाहरूलाई वडाको तर्फबाट तालिम प्रदान गर्न लागिएको उनले जनाइन् ।

महिलाहरूलाई हरेक क्षेत्रमा नेतृत्व लिन आग्रह गर्दे उहाँले आगामी निर्वाचनमा पोखराका धेरै वडामा महिला अध्यक्ष आउनु पर्नेमा उनको जोड थियो । पोखरा महानगरमा कार्यरत कपिल गिरीले स्याङ्जाली दिदी बहिनी एकता समाजलाई प्रपोजल लेखनदेखि सबै दिदीबहिनी अट्ने विधान बनाउन सहयोग गर्ने बताए । पोखरा टेलिभिजनका समाचार प्रमुख घनश्याम पाण्डेले समाजले एक आपसमा चिनजान सहित महिलाहरूको क्षमता अभिवृद्धिमा सहयोग पु¥याएको भन्दै मिडियाको तर्फबाट समाजले गरेर कार्यक्रममाहरुमा प्रचार प्रसारमा सक्दो सहयोग गर्ने बताए । लोकदोहोरी कलाकार एवं समाजका सल्लाहकार सिता केसी लगायतले बोलेको कार्यक्रममा सचिव सपना गिरी, कोषाध्यक्ष सन्तु पौडेलले प्रस्तुत गरेको प्रतिवेदन सर्वसम्मत पारित भएको थियो ।  समाजका अध्यक्ष संगिता पाण्डेले ७ जनाबाट सुरु गरेको समाजमा अहिले १ सय ३५ सदस्य पुगेको बताइन । कार्यक्रममा आजीवन सदस्य २१ जनालाई प्रमाण पत्र वितरण गरिएको थियो ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->