पोखरा / सेकेण्ड नाईन गोरखा राईफल्स एशोसिएसन गण्डकी प्रदेशको ८ औ साधारण सभा तथा तेस्रो अधिवेशनले सुबेदार चित्रबहादुर मल्ल अध्यक्षतामा नयाँ सञ्चालक समिति निर्विरोध चयन भएको छ । एशोसिएसनको वरिष्ठ उपाध्यक्षमा असुमे कृष्णचन्द ठकुरी, दितिय उपाध्यक्षमा सुबेदार सुर्य कार्की, सचिवमा क्या लेखबहादुर के.सी, कोषाध्यक्षमा सुबेदार नारायण छेत्री, सहसचिवमा देवी थापा, सह कोषाध्यक्षमा हवल्दार कृष्ण पौडेल निर्वाचित भएका छन् ।
त्यसैगरी सदस्यहरुमा सुबेदार प्रेमबहादुर थापा, सोचना सेन, कृष्णकुमारी क्षेत्री, पुष्पा बानियाँ, क्या कृष्णबहादुर थापा, क्या ऋषिराम गौतम र सुबेदार टेकेन्द्र खड्का रहेका छन् । निर्वाचन संयोजक सुबेदार हरिबहादुर अधिकारी र सदस्य सुबेदार हिराबहादुर क्षेत्री र भेषराज पौडेलले नवनिर्वाचित टिमलाई सपथ गराएका थिए । नव निर्वाचित अध्यक्ष चित्रबहादुर मल्लले निर्वाचन मण्डल र साथ सहयोग दिएका सम्पुर्ण सदस्यलाई धन्यवाद दिदै सेकेण्ड नाईन गोरखा राईफल्स एशोसिएसनको गरिमा र उचाईलाई थप टेवा दिने र एकतामा ध्यान दिने बताए ।





