पोखरा/ पोखराका प्रतिष्ठित व्यवसायी देव क्षत्रीलाई मातृशोक परेको छ । फोक्सोमा समस्या देखिएपछि केही समयदेखि उपचाररत क्षत्रीकी आमा कमला क्षत्रीको ७८ वर्षको उमेरमा आइतबार निधन भएको हो ।
क्षत्रीको काठमाडौंमा उपचार भइरहेकोमा ३ दिनअघिमात्र हेलिकोप्टरबाट पोखरा ल्याएर मनिपाल शिक्षण अस्पतालमा राखिएको थियो । क्षत्रीको आइतबार साँझ नै हिन्दू परम्परा अनुसार अन्तिम संस्कार गरिएको छ । स्वार्गीय क्षत्रीका ३ भाइ छोरामध्ये देव जेठा हुन् । हाल आँगन मिठाइँ संचालन गर्दै आएका देव लामो समय पोखरा उद्योग वाणिज्य संघमा आबद्ध थिए । शिशिर र बसन्त क्षत्रीका माइला र कान्छा छोेरा हुन् ।
देहरादुनमा जन्मेकी कमलाका पति भक्तबहादुर पोखरामा रेडियो टिभी मर्मतदेखि सञ्चालनमा अग्रणी थिए । भक्तबहादुरको ७ वर्षअघि मृत्यु भएको थियो । माछापुच्छ्रे एफएम र गोल्डेन आइ टिभी भक्तले नै खोलेका हुन् । त्यतिमात्र नभएर पोखरामा इन्टरनेट र केबल टेलिभिजन स्थापनामा पनि क्षत्री परिवारको योगदान छ ।





