बुधबार, कार्तिक ४ २०८३

बुधबार, कार्तिक ४ २०८३
  • ४ कार्तिक २०८३ , बुधबार
  • October 21 2026

सामसङका ठूलो क्षमताको २ नयाँ वासिङ मेशिन नेपालमा

सामसङका ठूलो क्षमताको २ नयाँ वासिङ मेशिन नेपालमा


  • ढोरपाटन संवाददाता
  • पुष २२ २०८१, सोमबार

पोखरा/ सामसङ नेपालले १२ किलोग्रामको ठुलो लुगा धुने मेसिन (वासिङ मेशिन) नेपाली बजारमा ल्याएको छ । केही समय अघिमात्रै लन्च गरिएको सामसङको बेस्पोक एआईटीएम वाशिङ मेसिनले एआई लुगा धुने प्रविधिमा उल्लेखनीय प्रगतिलाई प्रतिनिधित्व गर्ने सामसङले जनाएको छ ।

मेसिनले एकै पटकमा ठुलो लोड धुने सुविधा दिनेछ। साथै मेसिनले एक उत्कृष्ट सफाई अनुभव प्रदान गर्न बुद्धिमान एआई सुविधाहरूसँग एक विशाल क्षमता संयोजन गर्दछ । यो इन्टेलिजेन्ट वाशिङ मेसिनले पानी र ऊर्जाको खपत कम गर्दै कपडाहरू प्रभावकारी रूपमा सफा भएको सुनिश्चित गर्दछ। स्मार्ट थिंगस एपद्वारा स्मार्टफोन मार्फत टाढाबाटै नियन्त्रण गर्न सकिने सामसङको नयाँ वासिङ मेसिनले लुगा धुने प्रक्रिया सजिलो बनाउनेछ । साथै धुलाईको किसिमलाई बुझेर एआई पर्सन्लाईजेशन सुविधाले उपयुक्त धुलाई साइकल पनि सुझाउछ । यसमा भएको स्पेसम्याक्स प्रविधिले सानो साइजको मेसिनलाई घरमा सजिलै राख्न सकिने पनि सामसङले जनाएको छ ।

यो नयाँ मेशिनले स्लीक डिजाइन, सजिलो इन्टरफेस र लुगाको सफाईलाई प्राथमिकता दिएको छ । दक्षता, दिगोपन र राम्रो अनुभवमा केन्द्रीत भएर यो मेशिनले नेपालमा लन्ड्री गर्ने नयाँ तरीका प्रस्तुत गरेको सामसङको भनाइ छ । १२ केजी लाइन अप दुईवटा फरक मोडलहरुमा मेशिन उपलब्ध छन् । यसको मुल्य १ लाख १४ हजार ९९० र १ लाख २० हजार ९९० रुपैयाँ तोकिएको छ । वासिङ मेशिन सामसङ कन्ज्युमर इलेक्ट्रोनिक्सको आधिकारिक वितरक हिम इलेक्ट्रोनिक्स प्रा.लि र आधिकारिक पुनर्विक्रेता त्रिवेणी व्यापार प्रा.लि.का डिलर नेटवर्कबाट नेपालभर बिक्री वितरणको व्यवस्था मिलाइएको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->