बुधबार, कार्तिक ४ २०८३

बुधबार, कार्तिक ४ २०८३
  • ४ कार्तिक २०८३ , बुधबार
  • October 21 2026

ठगी आरोपमा २ पक्राउ

ठगी आरोपमा २ पक्राउ


  • ढोरपाटन संवाददाता
  • पुष २२ २०८१, सोमबार

पोखरा/ खेलमा खेलाडीबाट दर्ता शुल्क उठाएको र घोषणा गरेको पुरस्कारसमेत नदिई सम्पर्कबिहीन भएका दुई जना ठगी आरोपमा पक्राउ परेका छन । पक्राउ पर्नेमा अछाम सिउडी गा.पा. १ स्थायी घरु भई हाल पोखरा–६ जरेबर बस्ने ३१ वर्षका जगत डोली र पोखरा–५ प्रस्याङका २९ वर्षीय सोनिक क्षेत्री रहेका छन ।

उनीहरुले २०८० को चैत २३ र २४ गते पोखरा राइडर्स क्लबको आयोजनामा पोखरा–२३ बाम्दीमा भएको पोखरा मोटो–ईन्डुरो क्रस च्याम्पियनसीप २०२४ खेलमा दर्ता शुल्क बापत १७ हजार उठाएका थिए । साथै प्रथम हुने खेलाडीलाई दिने भनि घोषणा गरेको एक लाख ५० हजार रुपैयाँ नदिई सम्पर्क विहिन भएपछि उनीहरुबिरुद्ध कास्की प्रहरीमा ठगीसम्बन्धी उजुरी परेको थियो । कस्की प्रहरीका सूचना अधिकारी एवं डिएसपी बसन्तकुमार शर्माका अनुसार दुवैजनालाई आइतबार पोखराको लेकसाइडबाट पक्राउ गरिएको हो । पक्राउ पर्नेमध्ये डोली खेल संचालक तथा निर्देशक र क्षेत्री पोखरा राईडर्स क्लबका अध्यक्ष हुन । दुवै जनालाई कास्की जिल्ला अदालतबाट ‍ठगी सम्बन्धी कसूरमा ७ दिन म्याद थप गरी अनुसन्धान प्रकृया अगाडी बढाईएको शर्माले बताए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->