पोखरा/सूर्यदर्शन सहकारी ठगी प्रकरणमा राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछाने कतै पनि संलग्न नरहेको उनका पक्षका कानून व्यवसायीहरुले जिकिर गरेका छन् । सोमबार जिल्ला अदालत कास्कीमा बहसका लागि उत्रेका पूर्वन्यायाधिवक्ता रमण श्रेष्ठ, वरिष्ठ अधिवक्ता सुशील पन्त र सुरेन्द्र थापाले रविमाथि सहकारी ठगी,संगठित अपराध तथा सम्पत्ति शुद्धीकरणको अभियोग लगाउनु नै गलत भएको जिकिर पनि गरे ।
‘अहिले पूरक अभियोग दायर गरिएको छ । मुख्य अभियोगमा एउटा थप अभियोग र अर्को पूरक अभियोग दायर गरिएको हो । रवि लामिछानेलाई लगाइएको पूरक अभियोग हो । पूरक अभियोग दायर गर्दा उच्च सरकारी वकिल कार्यालयले आदेश दिएको हुनुपर्छ । तर यहाँ आदेश दिएको पनि देखिँदैन श्रीमान । यसको प्रक्रिया नै मिलेको छैन,’ श्रेष्ठले बहसका क्रममा भने ।
अभियोगपत्र नै कर्मकाण्डी भएको बताउँदै उनले अगाडि भने,‘ दुर्गा प्रसाईंलाई सरकारले थुनामा राखिरहने दुर्नियतलाई अदालतले तिम्रो दूषित नियत देखियो है भन्यो । कसूर गरेको रैछ भने पनि अवैध देखियो अभियोग ।
प्रमाण संकलनको स्रोत प्रक्रिया नै दूृषित छ भने त्यो पनि दूषित हुन्छ । विष रोपेर अमृत फल्दैन । स्रोत नै दूषित छ भने कागज लिखत सबै दूषित छ ।’
उनले छानबिन प्रतिवेदनमा जीबी राई गोल्डक्वेष्ट,हर्वो हुँदै सहकारीमा आएको प्रसंग भएको उल्लेख गर्दै जिबी राइलाई कम्पनी खोल्न, लगानी गर्न रविले सिकाउनुपर्ने छ र ? रवि लामिछाने आएर सहकारी खोलेको हो र ? भन्ने प्रश्न पनि गरे । उनले गोर्खा मिडियामा गैरकानूनी पैसा आएको रविलाई थाहा नभएको र थाहा पाउँदा पाउँदै कसुर नगरेको पनि बताए ।
उनले पुरानो दलले काम गरेन र म मुलुक बनाउँछु भनेर आएको मान्छेलाई थुन्न नहुने तर्क पनि गरे । ‘मुलुक बनाउँछु भनेको मान्छेलाई आरोप लगाउनासाथ थुन्ने हो त ? नथुनी नहुने अवस्था हो ?,’उनको प्रश्न थियो । पूर्वन्यायाधिवक्ता श्रेष्ठले रविले कसूर गरेर पैसा आर्जन गरेको भ सामान किन्थे तर्क पनि गरे । उनले भने,‘ चौथो पार्टीका अध्यक्ष, जसले मुलुक परिवर्तन गर्छु भन्छ । प्रधानमन्त्री बोलेको छ । सरकार बनाउन भत्काउन कहिले क्लिन चिट दिने कहिले अभियोग लगाएर थुन्ने ?’
संसदीय समितिको प्रतिवेदनले सहकारीबाट पैसा ल्याउन रविको हात छैन भनेको जिकिर गर्दै उनले मुद्दा नै बदनीयतपूर्ण, गलत नियत राखेर चलाइएको पनि बताए ।
‘सहकारीबाट पैसा ल्याउनुपर्ने छ रविलाई ?,’उनको थप प्रश्न थियो । रविसँग खातामै नभएको पैसाबारे सोधिएको र पत्नी निकिता पौडेलको विवाह अगाडिको सम्पत्ति पनि सो खातामा रहेको पनि उनले बताए ।
वरिष्ठ अधिवक्ता सुशील पन्तले राजनीतिमा रहेको परम्परागत शक्तिले रविबाट खतरा देखेपछि नै उनीमाथि अभियोग लगाएको जिकिर गरे ।
वादीका पक्षका वकिल भन्छन् छोड्यो भने (रवि) मन्त्री हुन्छ । भागी जाने होइन रहेछ नि । अर्को सरकार ल्याउँछ भन्छ,’बहसको क्रममा उनले भने,‘ ६ महिनामा २१ सिट ल्यायो । यो सबैको टाउको दुखाइ छ । त्यही डरले मात्र उसलाई अभियुक्त बनाएको हो ।’ उनले पनि सहकारी ठगी अभियोगमा पूरक अभियोग ल्याउन नपाइने बताए ।
‘पूरक अभियोग पत्र ल्याउने बाटो खोइ ? थप अभियोग जोडिन हदम्याद हुँदैन ? हदम्याद सकिएपछि होइन र ?,’बहसको क्रममा उनले भने,‘ सरकारी वकिलको कार्यालयले निर्देशन दिन पाउँछ कि पाउँदैन ?कसूरदार भन्ने मनासिब आधार देखिन प¥यो । आधार पनि छैन । देखाउन प¥यो नि ।’
उनले रविमाथि लागेका तीनवटा अभियोग नै गलत रहेको भन्दै लामो व्याख्या पनि गरे । सहकारी ठगीको अभियोगबारे बोल्दै उनले भने, मेरो पक्षलपे सहकारीबाट ३ करोड ३७ लाख मासेको अभियोग पत्र आयो । १ करोड लिएको कर्जा आयो । ५ करोड गोर्खा मिडियामा । सूर्यदर्शन सहकारीबाट ५० लाख क्यास गयो । एडभान्स भनेर गएको छ । ५ करोड ६१ लाख गोर्खा मिडियामा छ । रविको भागमा १ करोड ६१ लाख गयो । कुन हिसाब हो यो ? २८ प्रतिशत हो त्यो भनेको ।टोटल ऋण मध्ये २८ प्रतिशत कहाँबाट आयो ? यस्तो अभिायेग भएपछि अझ के हेर्न प¥यो ?
उनले ५ करोड ६१ लाखबाट रविको भागमा १ करोड ६२ लाख कसरी आयो भन्ने नै थाहा नभएको र यसमा हिसाब नमिल्ने पनि बताए ।
‘हिसाबै मिल्दैन । तथ्ययपरक छैन । जुन तिथि मितिमा छ । छोडेको मिति छ । छोटेको मिति २०७९ असार १ छ । जोडिएको मिति २०७७ पुस २० मा छ । आउनुभन्दा पहिलेको र छोडेपछिको पनि त्यहाँ छ । यो तथ्यपरक छैन,’बहसको क्रममा उनले भने ।
उनले सम्पत्ति शुद्धीकरणमा पनि रवि संलग्न भएको जिकिर गर्दै प्रश्न गरे,‘२७ करोडको सम्पत्ति शुद्धीकरणको कुरा छ । कहाँबाट आयो भन्दा जीबी राईसँग लिएर त्यहाँ राख्यो भन्ने छ । यसका रविको भूमिका के हो ? कहाँबाट पैसा आयो ? डोजर किन्यो ? यति घण्टा चलेर यति आम्दानी भयो भन्ने रेकर्ड राख्ने हो र ? त्यो हो सम्पत्ति शुद्धीकरण ?’
उनले बैंकबाट १० लाखभन्दा बढी नगद जम्मा गरेको हो भने त्यो हेर्ने काम बैंककै भएको र उसले नै अनुसन्धान गर्नुपर्नै पनि बताए ।
‘इन्ट्री भएको पैसा ग्राहकले हेर्दैन । बैंकले हेर्ने हो । आवयक परे उसले अनुसन्धान गर्छ । बैंकमा इन्ट्री भएको पैसा अनुसन्धान हुँदैन,’उनले भने,‘ मेरो निजी कामको लागि क्यास ल्याएर दियो भने स्रोत देखाऊ भन्छ । मलाई गाह्रो पर्छ । मलाई चाहिएका बेला पैसा माग्न जान्छु । बैंकले ७५ लाख सुशील पन्तलाई दिन्छ भने सब त्यो मेरो पाप हो ?’
उनले हतारमा रविमाथि २७ करोड ८९ लाखको सम्पत्ति शुद्धीकरणको मुद्दा हालिएको बताउँदै अगाडि भने,‘ २६ करोड बहाँबाट आयो भन्द रकमान्तर गरी आएको भनिएको छ । मेरो पक्षमा ५ करोड भनेको छ । ठगी कति भन्दा ५ करोड । अनि शुद्धीकरणमा २७ करोड हुन्छ ?’
उनले रविले अपराध नै नगरेको बताउँदै अगाडि भने,‘ पहिलो कुरा अपराध हुनुप¥यो । अपराध गरेर मात्र पुग्दैन । कसूरबाट आर्थिक लाभ हुनुप¥यो । मान्छे मारेर, कुटेर पिटेर लुटेर ल्याएको हुनुप¥यो ।’
बहसको क्रममा पन्तले रविले गोर्खा मिडियाअन्तर्गतको ग्यालेक्सी फोरके टेलिभिजनसँग मात्र जोडिने सम्झौत गरेको र ५ करोड पूँजी भएको कम्पनीमा नियमसंगत रुपले नै ७५ लाख लिएको पनि बताए ।
‘मेरो पक्षको न्युजसँग मात्र मेरो सम्बन्ध हो । एकाउण्टमा होइन । ह्युमन रिसोर्समा पनि न्युज रुमभन्दा बाहिर मेरो जिम्मा केही छैन भन्छ । मेरो पीआर राम्रो छ भन्ने कुरा हुन्छ । उसले (जीबी) ले तपाईंलाई १५ प्रतिशत शेयर पैसा तिर्न नपर्ने गरी दिन्छु भन्छ सबै व्यवस्थापन जिबी राइले गर्छ । सम्झौता हुन्छ । ५ करोड पूँजी भएको कम्पनीमा ७५ लाखको शेयर नामसारी गर्छ । सम्झौता बमोजिम छ । कहाँबाट कति भनेर खुलेको छ । त्यो शेयर पछि १ करोड ८० लाख भाछ । पछि निशुल्क सबै शेयर फिर्ता गर्छ,’उनले भने,‘ त्यही शेयरलाई पछि एकैचोटी १ करोड ८० लाख बनायो । त्यो जीबीले सिर्जना गरेको हो । १ करोड ५ लाख थपेको कतै पनि देखिँदैन । देखादेऊ न त कुन मितिमा त्यहाँ रकम थपियो ? मेरो पक्षमा जुन आयो । छोड्यो सबै ।’ सित्तैमा लिएर सित्तैमा छोडेको चिजमा सम्पत्ति शुद्धिकरण र सहकारी ठगी कसरी हुन्छ ?’
सहकारी ठगीको सबै काम जीबीबाटै भएको बताउँदै उनले भने,‘ सहकारी कब्जामा लिने जोसुकैको नाममा ऋण भर्ने । नागरिकता, निवेदन, फारमाम केही पनि नचाहिने । यो मैले बोलेको होइन । रोशनी गुरुङ, सागर केसीले रवि लामिछाने ठेगाना टौदह लेख भनेर भनेपछि लेखेको भनेका छन् । यसरी गएको पैसाको म जिम्मेवार हुनुपर्ने ?
उनले रवि निर्दोष रहेको पटक–पटक दोहो¥याउने क्रममा सहकारीका पीडितहरुको समस्या संवोधन हुनुपर्ने पनि बताए । त्यसको उपायबारे व्याख्या गर्दै उनले भने,‘ आजको मितिमा ४४ करोडको सम्पत्ति (ग्यालेक्सीमा) छ, डिप्रीसियसन भ्याल्यु । भनेको ७०, ८० करोड लगानी होला । घ्टयो । त्यो सामान मात्र बेचेर पिडितलाई दिऔ । सरकारलाई यतातिर ध्यान छैन । सरकार यो सिल गरेर खिया लगाएर कवाडीमा बेच्न चाहन्छ । सरकार साँच्चै चाहन्छ भनेर बिक्री गर्न प¥यो । एनटिभीले लिए पनि हुन्छ । त्यो काममा सरकार छैन । पीडित डुबायो कसले भन्दा रविले भन्ने । पीडत देखाउने आफ्नो गुजार चलाउने ? ’
अर्का वरिष्ठ अधिवक्ता सुरेन्द्र थापाले पनि मिलेमतो गरेर ल्याएको अभियोजनमा प्रतिवेदनका आधारमा रविमाथि अभियोग लगाइएको जिकिर गरे ।
महानगरको प्रतिवेदनका आधारमा ५ करोड ३६ लाख गयो भन्छ । टोटल कर्जा लगानी प्रहरी, सिए, सहकारी विज्ञ बसेर बनाएको प्रतिवेदनले भनेको हो,’बहसको क्रममा उनले भने,‘ २ अर्ब १० करोड ९२ लाख कर्जा गएको छ । यो किन टोटलमा जोडिएन । ६४१ जना ऋणी छन् । ऋणीलाई किन प्रतिवादी बनाइएन ?’
रविले सहकारीबाट रकम ल्याए भन्ने अभियोग कतै नभएको बताउँदै उनले रविको
२०५३ सालमा अंशबण्डा भएको १ रोपनी जग्गा पनि जफत गर्न माग गरिएको कुरा पनि हास्पायस्पद भएको जिकर गरे । ‘ यो माग गैरकानुनी छ र कानुनी शासनको धज्जी उठाइएको छ,’ उनले भने ।





