आइतबार, भाद्र ७ २०८३

आइतबार, भाद्र ७ २०८३
  • ७ भाद्र २०८३ , आइतबार
  • August 23 2026

डिफेन्डीङ च्याम्पियन स्याङजालाई कास्कीले हरायो, पर्वतमाथि नवलपुरको जित

डिफेन्डीङ च्याम्पियन स्याङजालाई कास्कीले हरायो, पर्वतमाथि नवलपुरको जित


  • ढोरपाटन संवाददाता
  • पुष २३ २०८१, मंगलबार

पोखरा / पोखरामा जारी गण्डकी प्रदेश पिएम कप महिला टी२० छनोट खेलको दोस्रो दिन कास्की र नवलपुरले जित हासिल गरेको छ । प्रादेशिक क्रीकेट संघ गण्डकीको आयोजनामा पोखरा रंगशालामा जारी प्रतियोगितामा कास्कीले स्याङजा र नवलपुरले पर्वतमाथि जित हासिल गरेको हो ।

एक सय रनको विजयी लक्ष्य पाएको कास्कीले १६.३ ओभरमा चार विकेट गुमाउँदै ६ विकेटका साथ जित हासिल गरेको हो । कास्कीका लागि रेखा तामाङले अर्धशतकीय पारी खेल्दै ५६ रनमा नटआउट रहिन् । उनले ५३ बलमा ९ चौका प्रहार गरिन् । चन्द्रमाया बराल ४ रनमा नटआउट रहिन् ।

सिर्जना पोडेलले १३ रनमा, विनिता नेपाली २, सम्झना विक शुन्यमा आउट भइन । स्याङजाका लागि निरु जिटीले र्दु तथा आकृति तिवारी र अपेक्षा बुढाथोकीले १÷१ विकेट लिइन् ।

स्याङजा पुुर्व च्याम्पियन टिम हो । त्यसअघि टस जितेर ब्याटिङ थालेको स्याङजाले २० ओभरमा २ विकेट गुमाउँदै ९९ रन जोड्न सफल भयो । निरु जिटी २१ र सलिना सेन १८ रनमा नटआउट रहिन् । श्रेया शाह ३३ रनमा आउट भइन् । अपेक्षा बुढाथोकीले १८ रन जोडिन् । कास्कीका लागि पुुर्णिमा गुरुङ र रिया तामाङले १÷१ विकेट लिइन् ।

अर्को खेलमा नवलपुरले पर्वतमाथि ६८ रनको जित हासिल गरेको छ । १४७ रनको विजयी लक्ष्य पाएको पर्वत २० ओभरमा ९ विकेट गुमाउँदै ७८ रनमै समेटियो ।

पर्वतका लागि जिविका परियारले १० र रोजिना चापागाईँले ११ बाहेक अन्य ब्याट्स म्यानले दोहोरो अंक जोड्न सकेनन् । नवलपुरका लागि आयुुष्मा चापागाईँ, पुर्णिमा सुनार, पुुजा लामिछानेले समान २÷२ तथा यमुुना पगेनीले १ विकेट लिइन् ।

त्यसअघि टस हारेर ब्याटिङ थालेको नवलपुरले २० ओभरमा १ विकेट गुमाउँदै १४६ रन बनाउन सफल भयो । नवलपुरका लागि मनिका लामिछानेले अर्धशतकीय पारी सँगै ५४ रनमा नटआउट रहिन् । उनले ६२ बलमा ५ चौका प्रहार गरिन् । यस्तै धनकुुमारी क्षेत्री ४५ रनमा आउट भइन् । उनले ५४ बलमा ३ चोका प्रहार गरिन् ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->