पोखरा/ पोखरा महानगरपालिका वडा नं ३२ मजुवास्थित कालिका आधारभुत विद्यालयको ३५ औं वार्षिकोत्सव एवम् अभिभावक दिवस विभिन्न कार्यक्रमका साथ बुधवार सम्पन्न भएको छ ।
कार्यक्रमको पोेखरा–३२ का वडा अध्यक्ष अक्कलबहादुर कार्कीले उद्घाटन गर्दै शैक्षिक गुणस्तरीयतामा जोड दिएर विद्यालय अघि बढ्नुपर्नेमा जोड दिए । विद्यालयलाई वडाका तर्फबाट साथ र सहयोग गर्ने उनले विश्वास दिलाए । विद्यालय व्यवस्थापक समितिका अध्यक्ष ओमबहादुर गुरुङले विद्यालयको समग्र विकासका लागि समाजका सबैको साथ र सहयोग आवश्यक हुनेमा जोड दिए । शिक्षक अभिभावक संघका अध्यक्ष मोहनकुमार प्रधानले यस क्षेत्रको शैक्षिक विकासमा विद्यालयले महत्वपूर्ण भूमिका खेलेको बताए । प्रधानाध्यापक द्रोणराज सुवेदीले विद्यालयको भौतिक एवम् शैक्षिक अवस्था बारे जानकारी गराए ।
वार्षिकोत्सवका अवसरमा कार्यक्रममा भवन निर्माण सहयोगदाता दारुमाया गुरुङ, संस्थापक सदस्य एवम् पूर्व अध्यक्ष दलबहादुर गुरुङ, मिलिजुली समाज मजुुवा, विद्यालयका प्रधानाध्यापक दोर्णराज सुवेदी, शिक्षक सुष्मिता गुरुङलाई सम्मान गरिएको थियो । त्यस्तै चन्दादाता धनबहादुर थापा, डिलबहादुर पुन, सु.तुलबहादुर गुरुङ, ज्योति लामा, शिक्षक अभिभावक संघका सदस्य बीरबहादुर लामा, समाजसेवी विन्दुकुमारी भण्डारी, शिक्षक अभिभावक संघका अध्यक्ष मोहनकुमार प्रधानलाई सम्मान गरिएको थियो ।
कार्यक्रममा विभिन्न कक्षामा उत्कृष्ट अंक ल्याउने छात्रछात्राका साथै विभिन्न विधाका उत्कृष्ट छात्रछात्रालाई पुरस्कृत गरिएको थियो । उक्त अवसरमा उत्कृष्ट विद्यार्थीहरूलाई स्व. मञ्जु बराल पौडेल स्मृति छात्रबृत्ति आदिबाट पनि विद्यार्थीलाई पुरस्कृत गरिएको थियो । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष ओमबहादुर गुरुङको अध्यक्षता एवम् शिक्षकद्वय ओमबहादर थापा क्षेत्री र वसन्ती सुनारले सञ्चालन गरेको कार्यक्रममा रुपा गाउँपालिकाका उपाध्यक्ष लालसुव्वा गुरुङ, रासस गण्डकी प्रदेश प्रमुख वासुदेव पौडेल, राधाकृष्ण गुरुकुल संस्कृत विद्यालयका अध्यक्ष नरेन्द्र रेग्मी, नेपाल शिक्षक संघ कास्कीका अर्थ सचिव निर्मल आचार्य, वडा शिक्षा समितिका सदस्य शिवजी लामिछाने, समाजसेवी शरणकुमार प्रधान, मणिराम कंडेल, ढुण्डिराज पौडेल, डिलबहादुर गुरुङ, श्रीराम पन्थी लगायतले बोलेका थिए । कार्यक्रममा विद्यालयका पूर्व प्रधानाध्यापक विष्णुुबहादुर बस्नेत, गोगन माध्यमिक विद्यालयका अध्यक्ष मेघराज पौडेल, प्रधानाध्यापक मोहनराज बराल, खेमराज अधिकारी लगायत विभिन्न शिक्षासेवी, समाजसेवी तथा अभिभभावकहरूको उपस्थिति थियो ।





