बुधबार, असोज २८ २०८३

बुधबार, असोज २८ २०८३
  • २८ असोज २०८३ , बुधबार
  • October 14 2026

बाटुलेचौरको विन्ध्यवासिनी माविमा पुरस्कार वितरण

बाटुलेचौरको विन्ध्यवासिनी माविमा पुरस्कार वितरण


  • ढोरपाटन संवाददाता
  • पुष २५ २०८१, बिहिबार

पोखरा/ पोखरा १६ बाटुलेचौरस्थित विन्ध्यवासिनी माध्यमिक विद्यालयमा पुरस्कार वितरण गरिएको छ । विद्यालयको ७८ औं वार्षिकोत्सवको अवसरमा आयोजित खेलकुद सप्ताह अन्तर्गत विभिन्न प्रतिस्पर्धामा उत्कृष्ट हुन सफल विद्यार्थीलाई विहीवार पुरस्कार वितरण गरिएको खेलकुद संयोजक निर्मल भण्डारीले जनाए ।

विजयी विद्यार्थीलाई कार्यक्रमका प्रमुख अतिथी पूर्वमन्त्री कुमार खड्का, प्रधानाध्यापक कृष्णप्रसाद आचार्य, शिक्षक अभिभावक संघका अध्यक्ष भीमप्रसाद पौडेल, विद्यालय व्यवस्थापन समितिका सदस्य मेहरमान नेपाली, विमला अधिकारी, ईन्दु भट्टराई लगायतले शिल्ड, मेडल र प्रमाणपत्र वितरण गरे । कार्यक्रममा पूर्वमन्त्री खड्काले विद्यालयको शैक्षिक सफलता लोभ लाग्दो रहेको वताउँदै, शैक्षिक सिकाईको अनुभव आदानप्रदान गर्न सुझाव दिए । प्रअ कृष्णप्रसाद आचार्यले सबैको समन्वयबाट नै विद्यालयले सफलता हासिल गरेको वताए । कार्यक्रममा विद्याथीले विभिन्न साँस्कृतिक नृत्य प्रस्तुत गरेका थिए । दुई दिनसम्म भएको पुरस्कार वितरण कार्यक्रमको संचालन लेखाप्रमुख भीमवहादुर गायकले गरेका थिए । वार्षिकोत्सवकै पुर्व सन्ध्यामा शुक्रवार विद्यालयले पाँचौ संस्करणको रक्तदान कार्यक्रम समेत गर्ने र यसको सबै तयारी पुरा भएको संयोजक शिक्षक विष्णुप्रसाद पौडेलले बताए । पोखरामा देखिएको रगतको अभावलाई केही हदसम्म न्युनिकरण गर्न सहयोग पुर्याउने हुँदा सो कार्यक्रममा सहभागी भईदिन विद्यालयले आग्रह समेत गरेको छ । सोही दिन विज्ञान तथा प्रविधी प्रर्दशनी समेत गरिने छ ।

शनिवार वार्षिकोत्सवको मुल कार्यक्रम हुने र सो कार्यक्रममा विभिन्न अक्षयकोषको पुरस्कार वितरण, अक्षयकोषदाता, उत्कृष्ट शिक्षक, कर्मचारी सम्मान सहित साँस्कृतिक कार्यक्रम गरिने विद्यालयले जनाएको छ । करिव १ हजार ५ सय विद्यार्थी अध्ययनरत सो विद्यालय, सामुदायिक विद्यालय तर्फ नेपालकै उत्कृष्ट विद्यालयको रुपमा नेपाल सरकारवाट सम्मानित भइसकेको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->