बुधबार, कार्तिक ४ २०८३

बुधबार, कार्तिक ४ २०८३
  • ४ कार्तिक २०८३ , बुधबार
  • October 21 2026

लामिछानेलाई ६५ लाख धरौटीमा रिहा गर्न आदेश

लामिछानेलाई ६५ लाख धरौटीमा रिहा गर्न आदेश


  • ढोरपाटन संवाददाता
  • पुष २५ २०८१, बिहिबार

पोखरा/ सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरणसम्बन्धी मुद्दामा रास्वपा सभापति रवि लामिछानेलाई ६५ लाख रुपैयाँ धरौटीमा रिहा गर्न आदेश भएको छ । कास्की जिल्ला न्यायाधीश नितिज राईको इजलाशले लामिछानेलाई धरौटीमा छाड्न विहीबार आदेश दिएको हो ।

लामिछानेविरुद्ध पुस ७ गते जिल्ला सरकारी वकिलको कार्यालयले मुद्दा दायर गरेको थियो । कात्तिक २ मा काठमाडौंमा पक्राउ परेका लामिछानेलाई त्यसको भोलिपल्ट पोखरा ल्याएर प्रहरीले अनुसन्धान थालेको थियो । सूर्यदर्शन सहकारी ठगीमा रविसहितबाट १ अर्ब ५१ करोड ४० लाख रुपैयाँ बिगो असुल गर्नुपर्ने मागदाबीसहित मुद्दा दायर भएको थियो ।

न्यायाधीश नीतिज राईको इजलासमा भएको थुनछेक बहसपछि अदालतले बिहीबार उनलाई धरौटीमा रिहा गर्न आदेश दिएको हो । सहकारीको बचत रकम अपचलन मुद्दामा बहस आजै सकिएको थियो । न्यायाधीश राईको इजलासमा गत पुस १६ गतेदेखि उक्त मुद्दाका प्रतिवादीहरूको थुनछेक बहस चलेको थियो ।

यही पुस ७ गते लामिछाने सहित ४४ जना र त्यसअघि १९ जना गरी ६३ जनबिरुद्ध पोखराको सूर्यदर्शन सहकारी ठगी प्रकरणमा १ अर्ब ५१ करोड रुपैयाँ बिगो माग गर्दै कास्की अदालतमा मुद्धा दायर भएको थियो । उनीहरुमध्ये लामिछानेसहित १९ जनाबिरुद्ध सहकारी ठगी, संगठित अपराध र सम्पत्ती शुद्धिकरण कसुरमा मुद्धा दर्ता गरिएको थियो ।
लामिछानेसहित पूर्वडिआइजी छविलाल जोशी, लिला पछाइँ, रामबहादुर खनाल, कृष्णबहादुर गुरुङ, मीना गुरुङलगायतलाई मुद्धा दायर गरिएको थियो । विभिन्न ८ वटा कम्पन्ीबिरुद्ध पनि मुद्धा दर्ता गरिएको थियो । ५ जनाको सम्पत्ती जफत गर्नुपर्ने सरकारी वकिल कार्यालयको राय रहेको थियो ।

लामिछानेको हकमा सहकारी ठगीमा ४ देखि ६ वर्षसम्म कैद, संगठित अपराधमा थप ५० प्रतिशत् सजायर सम्पत्ती शुद्धीकरणमा २ देखि १५ वर्ष कैद र विगोको दोब्बर जरीवानाको माग गरिएको थियो । लामिछानेमाथि सम्पत्ती शुद्धीकरणमा २७ करोड ८९ लाख ४४ हजार ७ सय बिगो दावी गरिएको थियो । यस्तै पूर्वडिआइजी जोशीले ७४ करोड ३४ लाख ७१ हजार ५५ रुपैयाँ गैरकानुनी ढंगले आर्जन गरेको दावी गर्दै बिगो कायम गरिएको छ । लिला पछाईलाई २४ करोड ६७ लाख ७ हजार ३४ रुपैयाँ, रामबहादुर खनाललई १४ करोड ३० लाख ८१ हजार ९ सय ११ रुपैयाँ बिगो कायम गरिएको छ ।
लामिछानेलाई गत कात्तिक २ गते काठमाडौंबाट पक्राउ गरी पोखरा ल्याइएको थियो ।

थुनछेक बहस सकिएसँग राष्ट्रिय स्वतन्त्र पार्टीका शीर्ष नेताहरू पोखरामा जम्मा भएका थिए । रास्वपा कार्यबाहक सभापति डीपी अर्याल, कार्यवाहक प्रवक्ता मनिष झा, सांसद विराजभक्त महर्जन, विनिता कठायत लगायतका नेताहरू कास्की अदालत परिसरमा पुगेका थिए । रवि पत्नी निकीता पनि अदालतत भित्र प्रवेश गरेकी थिइन । उनलाई रविसंगै विश्राम कक्षमा राखिएको थियो ।

कास्की अदालतले थुनामुक्तको आदेश दिए पनि छुट्ने छैनन् रवि

लामिछानेलाई अदालतले धरौटीमा छाड्ने आदेश भए पनि उनी बिहीबारै हिरासतमुक्त हुने सम्भावना भने छैन । किनकी रवि विरुद्ध अन्य चार ठाउँमा सहकारी ठगीकै मुद्दामा पक्राउ पुर्जी जारी भएको छ । रुपन्देहीको सुप्रिम, चितवनको सहारा, काठमाडौंको स्वर्णलक्ष्मी र विरगञ्जको सानोपाइला सहकारी ठगी प्रकरणको अनुसन्धानमा पनि सम्बन्धित जिल्लाका जिल्ला अदालतले रवि विरुद्ध प्रहरीलाई पक्राउ पुर्जी दिएका छन् । काठमाडौंको स्वर्णलक्ष्मी ठगी प्रकरणको मुद्दा अदालत पुगिसकेको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->