पोखरा/ सूर्यदर्शन सहकारी प्रकरणमा पूर्वडीआईजी छविलाल जोशीलाई धरौटीमा छाड्न कास्की जिल्ला अदालतले आदेश दिएको छ । जिल्ला न्यायाधीश नीतिज राईको इजलासले बिहीबार उनलाई ८८ लाख लाख रुपैयाँ धरौटीमा छाड्न आदेश दिएको हो ।
जोशीलाई पनि संगठित अपराध र सम्पत्ति शुद्धीकरणको कसुरमा सरकारी वकिलले मुद्दा दायर गरेको थियो । जोशीले ७४ करोड ३४ लाख ७१ हजार ५५ रुपैयाँ गैरकानुनी ढंगले आर्जन गरेको दावी गर्दै बिगो कायम गरिएको थियो ।





