बुधबार, कार्तिक ४ २०८३

बुधबार, कार्तिक ४ २०८३
  • ४ कार्तिक २०८३ , बुधबार
  • October 21 2026

३ आरोपी धरौटी बुझाएर छुटे

३ आरोपी धरौटी बुझाएर छुटे


  • ढोरपाटन संवाददाता
  • पुष २५ २०८१, बिहिबार

पोखरा / सूर्यदर्शन सहकारी ठगी प्रकरणका पुरक प्रतिवादी बनाइएका ७ जना आरोपीमध्ये ३ जना विहीबार धरौटी बुझाएर छुटेका छन् । सञ्चालक समितिका पूर्वसदस्य कृष्ण गुरुङ १ लाख, पूर्वउपाध्यक्ष मीना गुरुङ ५ लाख र पूर्वकोषाध्यक्ष आरती गुरुङ ५ लाख रुपैयाँ धरौटी बुझाएर छुटेका हुन् ।

जिल्ला अदालत कास्कीका न्यायाधीश नीतिज राईको इजलासले विहीबार उनीहरु सहित ७ जनालाई नै धरौटीमा छाड्न आदेश दिएको थियो । आदेश पछि उनीहरु तीनजनाले धरौटी रकम जम्मा गरेका थिए । अदालतले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई ६५ लाख, पूर्वडिआइजी छबिलाल जोशीलाई ८८ लाख रुपैयाँ धरौटीमा छाड्न आदेश दिएको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->