बुधबार, कार्तिक ४ २०८३

बुधबार, कार्तिक ४ २०८३
  • ४ कार्तिक २०८३ , बुधबार
  • October 21 2026

६५ लाखको बैंक ग्यारेन्टी बुझाएर रिहा भए रवि लामिछाने

६५ लाखको बैंक ग्यारेन्टी बुझाएर रिहा भए रवि लामिछाने

रिहालगत्तै पुन: पक्राउ गरी काठमाडौं लैजाने तयारीबाट पछि हट्यो प्रहरी


  • ढोरपाटन संवाददाता
  • पुष २५ २०८१, बिहिबार

पोखरा / जिल्ला अदालत कास्कीले धरौटीमा छाड्न आदेश दिएका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई काठमाडौ जिल्ला अदालतमा आफै उपस्थित हुने गरी रिहा गरिएको छ ।
अदालतले धरौटी मागेअनुसार लामिछानेले ६५ लाखको बैंक ग्यारेन्टी बुझाएर रिहा भएका हुन् । उनले धरौटी माग भए बराबरको बैंक ग्यारेन्टी अदालतमा पेस गरेका छन् । कास्की जिल्ला अदालतले मुद्दा चलेका अन्य जिल्लामा आफै उपस्थित हुने गरि लामिछानेलाई परिवारको जिम्मा लगाएको छ ।
जिल्ला अदालत कास्कीले धरौटीमा छाडेता पनि लामिछानेलाई पुनः पक्राउ गरेर काठमाडौं लगिने चर्चा थियो । तर, प्रहरीले भने पक्राउ नगर्ने जनाएको छ । लामिछाने ८४ दिनपछि थुनामुक्त भएका छन् । उनलाई रिहा भएलगत्तै पुनः पक्राउ गर्ने तयारीबाट प्रहरी पछि हटेको छ ।

सूर्यदर्शन सहकारी ठगी प्रकरणका अभियुक्त लामिछानेलाई जिल्ला अदालत कास्कीका न्यायाधीश नीतिज राईको इजलासले ६५ लाख रुपैयाँ धरौटीमा छाड्न आदेश दिएको हो । आदेशमा भनिएको छ, ‘प्रतिवादी रवि लामिछानेको हकमा रवि लामिछानले उक्त रकम गोर्खा मिडिया नेटवर्क प्रालिको नाममा संचालनमा रहेको ग्लोबल आइएमई बैंकको खाता नम्बर बाट सन् २०२१ को जनवरी २२ मा जम्मा गरेको देखिँदा सहकारीको रकम निज प्रतिवादीको खातामा आउने र त्यहाँबाट अन्यत्र जाने कार्यसमेत भएको देखिएको र अन्य प्रतिवादीसँगको अन्तरसम्बन्ध तथा बैंक खाताको ट्रान्जेक्सनको आधारमा प्राप्त प्रमाणबाट निज प्रतिवादी अहिले नै कसुरदार रहेनछन् भन्न सकिने मनासिव आधार नदेखिएता पनि तत्काल माथि उल्लेखित प्रमाणबाट पछि प्रमाण बुझ्दै जाँदा ठहरे बमोजिम हुने नै हुँदा निज प्रतिवादी रवि लामिछानेबाट फौजदारी कार्यविधि संहिताको ०६८ र ०७२ समेतको आधारमा धरौटीको ६५ लाख लिई वा सो बराबरको जेथा वा बैंक जमानत लिई वा दिन नसकेमा दफा ८० बमोजिम थुनामा राख्नू ।’

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->