बिहिबार, कार्तिक ५ २०८३

बिहिबार, कार्तिक ५ २०८३
  • ५ कार्तिक २०८३ , बिहिबार
  • October 22 2026

१३ औं पोखरा महोत्सव शुरु

१३ औं पोखरा महोत्सव शुरु


  • ढोरपाटन संवाददाता
  • पुष २५ २०८१, बिहिबार

पोखरा/  १३ औं संस्करणको पोखरा महोत्सव विहीबारदेखि शुरु भएको छ । युनाईटेड क्लबको आयोजनामा पोखराको अमरसिंह चौरमा शुरु भएको महोत्सवको सञ्चार तथा सुचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले उद्घाटन गरे ।

महोत्सवको उद्घाटन गर्दै मन्त्री गुरुङले पोखरा महोत्सवलगायत क्लबले गरेको सामाजिक कामको प्रसंशा गर्दै पोखरामा खुल्ला चिडियाखाना निर्माणको थालनी गरेको र उक्त कार्य सरकारले अपनत्व लिएको बताए । नेपाल सरकारका प्रवक्तासमेत रहेका गुरुङले पर्यटनको राजधानी घोषणा भइसकेको पोखरामा धेरैभन्दा धेरै पूर्वाधार बन्नुपर्नेमा जोड दिए । पर्यटकीय राजधानी घोषणा गरिदिएर मात्र नहुने बताउदै त्यसको पुर्वाधार निर्माणका लागि गण्डकी प्रदेश सरकार र पोखरा महानगरले समेत पुर्वाधारका कामहरु गर्नुपर्नेमा उनको जोड थियो ।

पर्यटन क्षेत्रको विकासमा आवश्यक पूर्वाधार निर्माणका लागि आगामी वर्षको नीति तथा कार्यक्रममा पार्नका लागि पहलकदमीका लागि नेतृत्व गर्ने उनले प्रतिवद्धता जनाए । अन्तर्राष्ट्रिय सम्मेलन हल, चिडियाखाना, बसपार्कलगायत पूर्वाधार बनाउन सबैले पहल थाल्नुपर्ने उनको भनाइ थियो । पोखरा आइटी पार्कका लागि उपयुक्त भएकाले पार्क बनाउनका लागि पहल थाल्ने उनले सुनाए । ताल संरक्षण तथा विकास प्राधिकरणलाई सक्रिय बनाएर प्रदेशमा भएका तालहरुको सिमा निर्धारण गर्दै संरक्षण र सरसफाई गर्दै पर्यटकीय गतिविधि सञ्चालन गर्न प्रदेश सरकारलाई मन्त्री गुरुङको अनुरोध थियो ।

गण्डकी प्रदेशका वन तथा बातावरणमन्त्री भेषबहादुर पौडेलले युनाईटेड क्लबको पहलकदमीमा पोखराको लेखनाथस्थित पचभैया क्षेत्रको सामुदायिक बनमा निर्माणाधिन चिडियाखाना निर्माणमा गण्डकी प्रदेश सरकार प्रतिवद्ध भएर अगाडी बढेको बताए । पोखरामा खुल्ला चिडियाखाना निर्माणमा क्लबले पहलकदमी गरेको र उक्त कार्यलाई गण्डकी सरकारले साकार पारेरै छाड्ने, त्यसका लागि विभिन्न संघसंस्थाहरुको साथ र सहयोग आवश्यक रहेको उनको भनाइ थियो । त्यस्तै क्लबले निर्माण गर्न लागेको युनाईटेड छात्राबास निर्माणमा समेत गण्डकी प्रदेश सरकारले साथ र सहयोग प्रदान गर्ने उनले प्रतिवद्धता ब्यक्त गरे ।

त्यस्तै कास्की संघीय सांसद मनबहादुर गुरुङले युनाईटेड क्लबको सामाजिक कामको प्रशंसा गर्दै क्लबले महोत्सवकै आयोजना गरी सामाजिक काममात्र नभई पर्यटन प्रवद्र्धन र शिक्षाको क्षेत्रमा पु¥याएको योगदानको कदर गरे भने सक्दो सहयोग गर्ने प्रतिवद्धता ब्यक्त गरे । गण्डकी प्रदेश सभा सदस्य वेदबहादुर गुरुङले युनाईटेड क्लवले अहिलेसम्म गरेको कार्यको प्रशंसा गर्दै अन्य संघ संस्थाले समेत यसको सिको गर्नुपर्ने बताए ।

कास्कीका प्रमुख जिल्ला अधिकारी भरतमणी पाण्डेले युनाईटेड क्लबले पोखरा महोत्सवको आयोजना गरी सरकारलाई करसमेत तिरेर त्यसबाट बचत भएको रकमबाट सामाजिक काम गर्नु आफैमा सराहनीय काम भएको बताए । त्यस्तै पोखरा महानगरपालिका वडा नं १२ का अध्यक्ष सन्तोष बास्तोलाले युनाईटेड क्लबले सामाजिक काम मार्फत आफुलाई अग्रणी स्थानमा राख्न सफल भएको र पोखरा महोत्सव पोखराको ब्राण्ड बनेको बताए ।

क्लबका निवर्तमान अध्यक्ष राजु श्रेष्ठले क्लबले स्थापना कालदेखि पोखरा महोत्सवको आयोजना गरी शिक्षा, स्वास्थ्य, खेलकुद, पर्यटन प्रवद्र्धन, सेती नदी संरक्षणमा काम गर्दै आइरहेको बताउदै १३ औं पोखरा महोत्सव देखि युनाईटेड क्लबले आफ्नो जग्गा रहेको ठाँउ पोखरा २७ अर्चलेमा रहेको जग्गामा युनाईटेड छात्राबास निर्माणलाई प्राथमिकतामा राखेर अगाडी बढ्ने बताए । कार्यक्रमा वातावरण संरक्षण र पर्यटन प्रवद्र्धनमा पु¥याएको योगदानको कदर गर्दै पत्रकार कृष्णमणी बराल, भ्लगर सञ्जय पुन, पर्यटन प्रवद्र्धनमा टेवा पु¥याउने चन्द्रकान्त बराल र प्र्रेमबहादुर जिसीलाई सम्मान गरिएको थियो । उनीहरुलाई प्रमुख अतिथि मन्त्री गुरुङ, क्लबका अध्यक्ष लोकबहादुर थापा, क्लबका संस्थापक अध्यक्ष हिमालय बख्रेल लगायतले दोसल्ला र सम्मान पत्र सहित सम्मान गरेका थिए ।

यसैविच महोत्सवको उद्घाटन सत्र पूर्व पोखराको रंगशालादेखि आयोजना भएको झांकी प्रतियोगितामा नेपाल मगर संघ इकाइ समिति पोखरा १५ प्रथम, ब्रह्मकुमारी इश्वरीय विश्वविद्यालय द्वितीय, क्षेत्री समाज नेपालको साराङ नाच तृतिय र सिद्धेश्वर भजन मण्डल पोखरा १५ सिद्धेश्वर भजन समुह पोखरा १५ सान्तवना स्थान हाँसिल गर्न सफल भए । प्रतियोगितामा प्रथम हुनेले नगद २० हजार र मायाको चिनो, द्धितिय हुनेले नगद १५ हजार र मायाको चिनो, तेश्रो हुनेले नगद १० हजार र सान्तवना स्थान हाँसिल गर्नेले नगद ३ हजार र मायाको चिनो प्राप्त गरे ।
¥यालीतर्फ स्वर्णीम टोल महिला समुह पोखरा १० प्रथम, सानी मझुवा आमा समुह पोखरा १५ द्वितिय, सिमलमार्ग टोल बिकास संस्था पोखरा १० तृतिय र रुकुमेली एकता समाजले सान्तवना स्थान हाँसिल गर्न सफल भए । ¥यालीमा प्रथम हुनेले नगद ६ हजार, द्वितिय हुनेले नगद ४ हजार तृतियले २ हजार र मायाको चिनो प्राप्त गरे ।

युनाईटेड क्लबका अध्यक्ष तथा महोत्सव मुल आयोजक समितिका संयोजक लोकबहादुर थापाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रतिनिधीसभा सदस्य दामोदर बैरागी, रुपा गाँउपालिकाका अध्यक्ष नवराज ओझा, गण्डकी प्रज्ञा प्रतिष्ठानका कुलपति सूर्य खड्का बिखर्ची, राष्ट्रिय प्रकृति तथा वित्त आयोगका सदस्य जुद्धबहादुर गुरुङ, बन्दिपुर केवलकार एण्ड टुरिजम लिमिटेडका लेखा समतिका संयोजक तथा आर केडी होल्डिङ कम्पनी लिमिटेडका सञ्चालक धर्मराज भण्डारी, गण्डकी प्रदेश प्रेस रजिष्टार विमला भण्डारी, नेपाल पत्रकार महासंघ कास्कीका उपाध्यक्ष कन्चन थापा लगायतले बोलेका थिए । युनाईटेड क्लबका महासचिव तथा पोखरा महोत्सवका प्रचार प्रसार संयोजक दिनेश सुनारले सञ्चालन गरेको कार्यक्रममा क्लबका वरिष्ठ उपाध्यक्ष गणेश तिमिल्सिनाले स्वागत मन्तब्य राखेका थिए ।

यसैविच महोत्सवको दोश्रो दिन शुक्रबार लोकदोहोरी तर्फ राजु परियार, चालेन्द्र पौडेल, तुलसा क्षेत्री, मन्जु बिक, केशव देवकोटा, टस गुरुङ, दुर्गा क्षेत्री, रमेश थापा मगर, हास्यब्यंग्य तर्फ बलराम गिरी सरकारको प्रस्तुती रहने छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->