सोमबार, भाद्र ८ २०८३

सोमबार, भाद्र ८ २०८३
  • ८ भाद्र २०८३ , सोमबार
  • August 24 2026

सिम्रिक सहकारीको दशौं वार्षिक साधारणसभा

सिम्रिक सहकारीको दशौं वार्षिक साधारणसभा


  • ढोरपाटन संवाददाता
  • पुष २६ २०८१, शुक्रबार

बागलुङ/आँफैले तयार गरेको विनियम र उद्देश्य अनुसारका काम गर्ने हो भने कुनै पनि सहकारीमा समस्या नपर्ने सरोकारवालले बताएका छन् । सिम्रिक कृषि तथा पशु व्यवसायीक सहकारी संस्था लिमिटेड बागलुङको दशौं वार्षिक साधारणसभामा बोल्ने बक्ताहरुले सहकारी सदस्य केन्द्रित बन्नुपर्नेमा जोड दिए ।
स्थापनादेखिनै कृषि उत्पादन तथा पशुपालको क्षेत्रमा काम गर्दै आएको सिम्रिकले उद्देश्य अनुसारकै क्षेत्रमा लगानी र परिश्रम गरिरहेको उनीहरुको धारणा थियो । किसानले सञ्चालन गरेका, उत्पादन, बजारीकरणसँग जोडिएका सहकारी अन्य सहकारी तुलनमा कम संकटमा पर्ने गरेको धारणा समेत बक्ताहरुले राखे ।
कार्यक्रममा जिल्ला सहकारी संघकी अध्यक्ष हुमाकुमारी जिसीले सहकारी बचाउने वा ढलाउने भन्ने दायित्व शेयर सदस्यको काँधमा हुने बताईन् । होहल्ला, सामाजिक सञ्जालमा आउने अफवाहले सहकारीका राम्रा काम ओझेलमा परेको बताईन् ।
कार्यक्रममा नेकपा एमाले काठेखोलाका अध्यक्ष डिलबहादुर कार्की, सहकारीकर्मीहरु मणिभद्र शर्मा, खिम बहादुर कार्की, प्रेम केसी लगायतले बोलेका थिए । सहकारीका अध्यक्ष चुडामणी उपाध्याको अध्यक्षता, कोषाध्यक्ष जगन्नाथ सापकोटाको स्वागत र लेखा समिति संयोजक रिता शर्माको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।
सहकारीले काठेखोला गउँपालिका र बागलुङ नगरपालिकामा जग्गा भाडामा लिएर बिभिन्न तरकारी तथा नगदेबाली खेती गर्दै आएको छ । किसानलाई बिउ मलमा अनुदान लगायतका कार्यक्रम सञ्चालन गर्ने सहकारीले बचत तथा ऋणको कारोवार पनि गर्ने गरेको छ ।
ढोरपाटनकर्मीलाई पुरस्कार
सिम्रिक कृषि तथा पशु व्यवसायीक सहकारी संस्था लिमिटेड बागलुङले स्थापना गरेको ‘कृषि पत्रकारीता पुरस्कार’ यस बर्ष ढोरपाटनकर्मी तारानाथ आचार्यलाई प्रदान गरिएको छ । सहकारीले आफ्नो साधारणसभाका अबसरमा बिहिबार उक्त पुरस्कार समर्पण गरेको हो । जिल्ला सहकारी संघका अध्यक्ष हुमाकुमारी जिसीले उनलाई नगद सहित दोसल्ला ओडाएर सम्मान गरिन् । सहकारीले कृषि क्षेत्रमा कलम चलाउने एक जना पत्रकारलाई हरेक बर्ष पुरस्कृत गर्दै आएको छ । आचार्य ढोरपाटन दैनिकका सहसम्पादक हुन् ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->