बुधबार, कार्तिक ४ २०८३

बुधबार, कार्तिक ४ २०८३
  • ४ कार्तिक २०८३ , बुधबार
  • October 21 2026

३७ लाख रुपैयाँ धरौटी बुझाएर लीला पछाईं पनि रिहा

३७ लाख रुपैयाँ धरौटी बुझाएर लीला पछाईं पनि रिहा


  • ढोरपाटन संवाददाता
  • पुष २६ २०८१, शुक्रबार

पोखरा/ सूर्यदर्शन सहकारी ठगी प्रकरणकी अभियुक्त लीला पछाईं पनि धरौटी बुझाएर रिहा भएकी छन्। जिल्ला अदालत, कास्कीले बिहीबार उनलाई ३७ लाख रुपैयाँ धरौटी तोकेको थियो। उक्त रकम शुक्रबार बुझाएर रिहा भएकी हुन्।
जिल्ला अदालत कास्कीका न्यायाधीश नितिज राईको इजलासले यस प्रकरणमा पक्राउ परेका ७ जनालाई नै धरौटीमा रिहा गर्न आदेश दिएको थियो। बिहीबार रास्वपा सभापति एवं पूर्वगृहमन्त्री रवि लामिछाने ६५ लाख र उनका व्यावसायिक साझेदार छविलाल जोशी ८८ लाखमा धरौटी बुझार छुटेका थिए।
पूर्वसांसद मीना गुरुङले ५ लाख, उनका बुवा कृष्णबहादुर गुरुङले १ लाख, रामबहादुर खनालले १५ लाख र आरती गुरुङले ५ लाख धरौटी बुझाएर रिहा भएका थिए।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->