बुधबार, असोज २८ २०८३

बुधबार, असोज २८ २०८३
  • २८ असोज २०८३ , बुधबार
  • October 14 2026

आयुर्बेद उपचार सेवा सरकारको प्राथमिकतामाः मन्त्री पाठक

आयुर्बेद उपचार सेवा सरकारको प्राथमिकतामाः मन्त्री पाठक


  • ढोरपाटन संवाददाता
  • पुष २७ २०८१, शनिबार

पोखरा / गण्डकी प्रदेश सरकारका स्वास्थ्य मन्त्री कृष्ण पाठकले पछिल्लो समय आधुनिक उपचार बिधिसङ्गै आयुर्बेदिक उपचार पद्द्तिको पनि माग बढेको बताएका छन् । उनले आयुर्बेदिक उपचारले जनतामा बिश्वासनियता बढाउदै आएकोले गण्डकी प्रदेश सरकारले आयुर्बेदिक उपचार सेवालाइ उच्च प्राथमिकतामा राखेर काम गरेको बताए ।

गण्डकी आयुर्बेद अस्पतालले शनिबार पोखरा महानगरपालिका वडा नं.२८ मा आयोजना गरिएको १ दिने निशुल्क आयुर्बेद स्वास्थ्य शिबिरको उदघाटन गर्दै मन्त्री पाठकले गण्डकी प्रदेश सरकारको आगामि निति तथा कार्यक्रममा आयुर्बेद स्वास्थ्यलाइ आबश्यता अनुसारको बजेट बिनियोजन गरि थप प्रभावकारी बनाउन आफु लागेको बताए ।

मन्त्री पाठकले आयुर्वेद उपचारले प्राकृतिक उपचारको माध्यमबाट शारीरिक, मानसिक र आध्यात्मिक सन्तुलन राख्ने, शरिरको रोग प्रतिरोधात्मक क्षमता बढाउने र जीवनशैली सुधार गर्न मद्द्त पुर्याउने, शरीर र मनलाई सन्तुलित राख्नका लागि जडिबुटी र प्राकृतिक चिकित्सा विधिहरू प्रयोग गर्ने, जसले शरीरमा कुनै प्रकारको नकारात्मक असर नगरी उपचार गर्ने भएकाले यसको महत्व बढदै गएको उल्लेख गरे ।

मन्त्री पाठकले आफुले स्वास्थ्य मन्त्रालयको जिम्मेवारि पाएसङ्गै समग्र स्वास्थ्य क्षेत्रको अध्ययन गर्ने शिलशिलामा मेडिकल साइन्सलाई थप सहयोग पुर्याउन आयुर्बेद स्वास्थ्यले व्यक्तिगत आवश्यकता अनुसार, रोगको जड़मा स्वास्थ्यको दीर्घकालीन निदान, मानसिक र भावनात्मक सन्तुलन गर्ने गरि उपचार गरेको पाएकाले आगामि दिनमा मेडिकल साइन्स सङ्गै आयुर्बेद र प्राकृतिक चिकित्सा प्रणालीलाई समेत अगाडी बढाउन आफु लागेको बताए ।

जिल्ला नागरिक आरोग्य समितिका संयोजक तथा जिल्ला समन्वय समिति कास्कीका प्रमुख लिलाधर पौडेलले आयुर्वेदको महत्व र आबश्यकता बुझाउन जनस्तरमा चेतना बढाउन आबश्यक रहेको उल्लेख गरे।
आबश्यकता आधारमा मात्रै स्वास्थ्य संस्थामा पुग्ने बानीले रोगको सहि पहिचान र निदान नहुने भन्दै उपचारात्मक सहित रक्षात्मक उपचारमा आयुर्वेद परापूर्बकालदेखी नै प्रभाबकारी रहेको प्रमुख पौडेलले बताए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->