बिहिबार, कार्तिक ५ २०८३

बिहिबार, कार्तिक ५ २०८३
  • ५ कार्तिक २०८३ , बिहिबार
  • October 22 2026

गुरुङ पर्यटन व्यवसायी संघ नेपाल गण्डकीमा किसमकुमारी

गुरुङ पर्यटन व्यवसायी संघ नेपाल गण्डकीमा किसमकुमारी

पत्रकार बासुदेव पौडेल सम्मानित


  • ढोरपाटन संवाददाता
  • पुष २७ २०८१, शनिबार

पोखर/  गुरुङ पर्यटन व्यवसायी संघ नेपाल (जिटिन) गण्डकी प्रदेशको चौथो अधिवेशनले पुनः किसमकुमारी गुरुङको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ । निर्विरोध चयन भएको समितिको प्रथम उपाध्यक्षमा सूर्यबहादुर गुरुङ, द्वितीय उपाध्यक्षमा विकास गुरुङ, महासचिवमा तुलबहादुर गुरुङ, सचिवमा विष्णु गुरुङ, कोषाध्यक्षमा मोहनराज गुरुङ र सह कोषाध्यक्षमा गंगा घले चयन भएका छन् ।

त्यसैगरी, सदस्यमा राजेन्द्र गुरुङ, कन्याप्रसाद गुरुङ, राजु गुरुङ, जगनराज गुरुङ, रुद्रकाजी गुरुङ, जीतमान गुरुङ, दिनेश गुरुङ, पदमबहादुर गुरुङ, रत्न गुरुङ र मधुमाया गुरुङ छन् । नव निर्वाचित पदाधिकारीलाई संघले गुरुङ सम्पदा पदमार्गबारे विस्तृत जानकारी दिएको थियो । साथै नेपाल सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले खादा र अविर लगाएर सम्मान गरेका थिए ।

कार्यक्रममा मन्त्री गुरुङले प्राकृतिक र सांस्कृतिक सम्पदालाई पर्यटनसँग जोडेर त्यसबाट आर्थिक समृद्धि हासिल गर्न सकिने बताएका थिए । उनले गुरुङ पर्यटन व्यवसायी संघले अघि सारेको गुरुङ सम्पदा मार्ग पर्यटकीय विकासका लागि महत्वपूर्ण रहेको उल्लेख गर्दै यसको प्रवद्र्धन र विकासका लागि आवश्यक सहयोग गर्ने विश्वास व्यक्त गरेका थिए । संघीय सांसद मनबहादुर गुरुङले गुरुङ सम्पदा पदमार्गलाई पदयात्रा पर्यटनको महत्त्वपूर्ण विकल्पका रूपमा प्रस्तुत गर्दै यसलाई पर्यटनको क्षेत्रका लागि महत्वपूर्ण अवसर बन्नसक्ने बताएका थिए । उनले गुरुङ समुदायका व्यक्तिहरूले शैक्षिक र अन्य विभिन्न दृष्टिकोणबाट सक्षम बनिनुपर्ने जोड दिएका थिए । गुरुङ पर्यटन व्यवसायी संघ गण्डकीका संस्थापक अध्यक्ष बोबरजंग गुरुङले संघले सम्पदा पदमार्गलाई पर्यटनको क्षेत्रमा प्रभावकारी ढंगले प्रवद्र्धन गर्ने उद्देश्यमा जुटेका छन् ।

संघका अध्यक्ष किसमकुमारी गुरुङले सम्पदा पदमार्गको प्रवद्र्धन र संरक्षणका लागि बिभिन्न तीन चरणमा काम गर्ने योजना रहेको बताइन ।गण्डकी प्रदेशका पर्यटन सचिव कुमानसिंह गुरुङले गुरुङ सम्पदा पदमार्गको पदयात्रा पर्यटनमा ठूलो सम्भावना रहेको बताउँदै यसको प्रवद्र्धन र विकासका लागि मन्त्रालयबाट निरन्तर सहयोग गर्ने विश्वास व्यक्त गरे । कार्यक्रमका अवसरमा सम्पदा पदमार्गको प्रवद्र्धनमा विशेष योगदान पुर्याएका रासस गण्डकी प्रदेश प्रमुख वासुदेव पौडेललाई सम्मान गरिएको थियो । उनले २५ हजार २५ रुपैयाँ नगद र प्रमाणपत्र प्राप्त गरेका थिए । उक्त अवसरमा जिटिन नेपालका कार्यसमिति सदस्य एवं अन्वेषण विज्ञ सञ्जीव गुरुङलाई पनि सम्मानित गरिएको थियो ।

संघका अध्यक्ष किसमकुमारी गुरुङको सभापतित्वमा र महासचिव तुलबहादुर गुरुङको सञ्चालनमा भएको कार्यक्रममा स्वागत द्वितीय उपाध्यक्ष विकास गुरुङले गरेका थिए । कार्यक्रममा जिटिन केन्द्रका संस्थापक अध्यक्ष कुलबहादुर गुरुङ, पोखरा पर्यटन परिषदका अध्यक्ष तारानाथ पहारी, मादी गाउँपालिका वडा नम्बर १ का वडा अध्यक्ष देवीजंग गुरुङ, नेपाल घरेलु तथा साना उद्योग महासंघका केन्द्रीय उपाध्यक्ष शोभा गुरुङलगायत व्यक्तिहरूले गुरुङ सम्पदा पदमार्गको सम्भावनाबारे विचार व्यक्त गरेका थिए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->