आइतबार, कार्तिक २ २०८३

आइतबार, कार्तिक २ २०८३
  • २ कार्तिक २०८३ , आइतबार
  • October 18 2026

थुनछेक बहस नभएपछि रवि लामिछाने प्रहरी हिरासतमा

थुनछेक बहस नभएपछि रवि लामिछाने प्रहरी हिरासतमा


  • ढोरपाटन संवाददाता
  • पुष २८ २०८१, आइतबार

काठमाडौं/ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने आइतबार प्रहरी हिरासतमा रहने भएका छन । उनलाई प्रहरी परिसर, काठमाडौंको हिरासतमा राखिने भएको हो । जिल्ला अदालत काठमाडौंका न्यायाधीश माधवप्रसाद अधिकारीको इजलासले लामिछानेलाई सोमबार पुनः अदालतमा पेश गर्नेगरी प्रहरीको जिम्मा लगाउने आदेश दिएको थियो । गत बिहीबार पोखराको सूर्यदर्शन सहकारी ठगीमा धरौटीमा रिहा भएका लामिछानेविरुद्ध काठमाडौंको स्वर्णलक्ष्मी सहकारी ठगीमा मुद्दा दर्ता भएको थियो ।

सोही मुद्दाको बयानका लागि लामिछाने आइतबार आफैं अदालत हाजिर भएका थिए । अदालतमा उनको बयान लिइयो । तर थुनछेक बहस हुन नसकेपछि अदालतले प्रहरीले जिम्मा लगाउने आदेश दिएको हा । लामिछानेको सोमबार बिहान ११ बजेबाट थुनछेक बहस सुरु हुनेछ । सरकारी पक्षले आफूहरूले लामिछानेको बयान अध्ययन नगरेकाले आज बहस गर्न नसक्ने भनि इजलासमा उठाएपछि न्यायाधीशले यस्तो आदेश गरेका हुन् । स्वर्णलक्ष्मी सहकारीको रकम अपचलनमा लामिछानेसहित ३९ जनाविरुद्ध पुस २१ मा काठमाडौं जिल्ला अदालतमा मुद्दा दायर भएको थियो । सो सहकारीबाट गोर्खा मिडियामा ५ करोड ७८ लाख ९८ हजार ४८० रुपैयाँ लगेको प्रहरीको अनुसन्धान निष्कर्षमा रहेकाले लामिछानेसंग उक्त रकम बिगो मागदावी गरिएको छ ।

 

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->