बुधबार, कार्तिक ४ २०८३

बुधबार, कार्तिक ४ २०८३
  • ४ कार्तिक २०८३ , बुधबार
  • October 21 2026

पोखरा– ३३ को तल्लो पुँडीमा काँग्रेसको अभियान

पोखरा– ३३ को तल्लो पुँडीमा काँग्रेसको अभियान


  • ढोरपाटन संवाददाता
  • पुष २८ २०८१, आइतबार

पोखरा/ पोखरा महानगरपालिका वडा नं ३३ मा नेपाली काँग्रेसको एक सय दिने विशेष अभियान जारी रहेको छ । अभियान अन्तर्गत आइतबार आयोजित कार्यक्रममा नेपाली काँग्रेस कास्कीका सहसचिव एवं प्रवत्तmा नवीन सिग्देलले भ्रम र यथार्थलाई बुझनुपर्नेमा जोड दिए ।

सो वडाका लागि अभियान संयोजक समेत रहेका सहसचिव सिग्देलले विवकेशील नेता र सचेत कार्यकर्ता भएको पार्टीले जनभावनालाई सम्बोधन गर्न सक्ने बताए । नेपाली काँग्रेस क्षेत्र नं २ कास्कीका सभापति केशरप्रसाद निर्दोषीले सबै परिवर्तनको नेतृत्व गरेको काँग्रेसले जनताको आवश्यकतालाई पनि पूरा गर्न सक्ने बताए ।

त्यस अवसरमा नेपाली काँग्रेस कास्कीका आमन्त्रित सदस्य भोजराज आचार्य, प्रदेश प्रतिनिधि रामचन्द्र पौडेल, पोखरा ३३ वडा कार्यसमिति सभापति तिलकप्रसाद अधिकारी, क्षेत्रीय प्रतिनिधि सूर्यमोहन आचार्य लगायतले बोलेका थिए । नेपाली काँग्रेस तल्लो पुँडी टोल कार्य समितिका सभापति सम्मर पौडेलको अध्यक्षतामा भएको कार्यक्रममा उपल्लो पुँडी टोल कार्य समितिका उपसभापति हरिबहादुर थापाले स्वागत र कोषाध्यक्ष कमल आचार्यले संचालन गरेका थिए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->