
पाेखरा/ नेपाल सरकारले गण्डकी प्रदेशका थप ३ जिल्ला बागलुङ, पर्वत र म्याग्दीमा पनि भूमि आयोगको गठन गरेको छ । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री बलराम अधिकारीले नियुक्त गरेका अध्यक्षले आजै सपथ खाएका छन् ।
आयोगको बागलुङको अध्यक्षमा (भिम प्रसाद) सुनील शेरचन, पर्वतको अध्यक्षमा देबेन्द्रराज पाण्डे र म्याग्दीको अध्यक्षमा खड्क गिरी नियुक्त भएका हुन् । यसअघि गण्डकीका लमजुङ, तनहुँ, नवलपुर, मनाङ र मुस्ताङमा आयोग गठन भएका थिए । ती जिल्लालगायत देशभरिका अन्य जिल्लाका अध्यक्षले आज सपथ लिएका हुन ।





