सोमबार, भाद्र ८ २०८३

सोमबार, भाद्र ८ २०८३
  • ८ भाद्र २०८३ , सोमबार
  • August 24 2026

तीन वर्षदेखि विद्यालय भवन अलपत्र

तीन वर्षदेखि विद्यालय भवन अलपत्र


  • ढोरपाटन संवाददाता
  • माघ १ २०८१, मंगलबार

बागलुङ/काठेखोला गाउँपालिका–८ लेखानीस्थित कादेश आधारभुत विद्यालयको चारकोठे भवन तीन वर्षदेखि अलपत्र परेको छ । आर्थिक वर्ष २०७९ सालमा सुरु गरिएको भवन बजेट अभावमा अलपत्र परेको हो ।
राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमबाट १८ लाख रुपैयाँ बजेटमा दुई तले भवन निर्माण सुरु भएको थियो । भवनको पहिलो तल्ला पुरा भएको छभने दोस्रो तल्लामा पिल्लर मात्रै तयार भएका छन् । उपभोक्ता समितिमार्फत निर्माण थालिएको भवनका लागि दोस्रो तल्लाका संरचना निर्माण लगायतका कामका लागि बजेट अपुग भएपछि काम रोकिएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष गमप्रसाद श्रीसले बताए ।
राष्ट्रपति शैक्षिक सुधार कार्यक्रममार्फत थप बजेट आउने आश्वासन पाएको विद्यालयले एकै पटक चारकोठे दुई तल्ले भवनको स्टमेट गरेर निर्माण थालेको थियो । कार्यक्रम थप नभएको र विद्यालयसँग अन्य स्रोत समेत नभएकाले भवन अलपत्र परेको श्रीसले बताए ।
निर्भाणधिन भवन पुरा गर्न लाखौं खर्च हुने विद्यालयको अनुमान छ । भवन निर्माण पुरा नहुँदा विद्यार्थीका लागि कक्षा कोठा, सभाहल र शिक्षक कर्मचारीका लागि उपयुक्त कोठाको अभाव छ । ‘विद्यालयका अन्य संरचनाको बिचमा रहेको भवन पारीबाट हेर्दा कुरुप देखिन्छ’ श्रीसले भने, ‘हामीले मात्रै चाहेर यो भवन बन्दैन्, सरोकारवाको ध्यान गैदिए हुन्थ्यो ।’
भवन नबन्दा विद्यालयका हरेक कृयाकलाप प्रभावित हुने गरेको प्रधानाध्यापक हिराबहादुर काउचाले बताए । ‘पहिलो तल्ला तयार भएको छ, रंगरोगन लगायतका काम बाँकी छन्’ काउचाले भने, ‘माथिल्लो तल्लाको पिल्लरले सिंगो गिज्याईरहेको छ ।’ उनले अलपत्र भवन सम्पन्न गर्न काठेखोला गाउँपालिकासँग पटक पटक बजेट माग गरेको बताए ।
गाउँपालिका उपाध्यक्ष तेजबहादुर थापा तिलकले आगामी आर्थिक वर्षको बजेटमा भवनका लागि आवश्यक बजेट विनियोजन गर्ने बताए । विद्यार्थी संख्या राम्रो रहेको विद्यालयका लागि भवन आवश्यक रहेको भन्दै थापाले पूर्वाधार निर्माणमा ध्यान दिने बताए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->