बुधबार, कार्तिक ४ २०८३

बुधबार, कार्तिक ४ २०८३
  • ४ कार्तिक २०८३ , बुधबार
  • October 21 2026

मुद्रण व्यवसाय जोगाउन व्यवसायीहरु एक जुट हुनुपर्नेः उपाध्यक्ष बजिमय

मुद्रण व्यवसाय जोगाउन व्यवसायीहरु एक जुट हुनुपर्नेः उपाध्यक्ष बजिमय


  • ढोरपाटन संवाददाता
  • माघ १ २०८१, मंगलबार

पोखरा/ मुद्रण संघ कास्कीको १५ औं वार्षिकोत्सवको अवसरमा शुभकामना तथा बधाई कार्यक्रम आज सम्पन्न भएको छ । कार्यक्रमको नेपाल मुद्रण उद्योग महासंघ केन्द्रका उपाध्यक्ष महेन्द्र बजिमयले केक काटेर उद्घाटन गरेका थिए ।

कार्यक्रममा बजिमयाले मुद्रण व्यवसाय धरासय बन्दै गएको हुँदा यसकालाई जोगाउन व्यवसायीहरु नै एकजुट हुनुपर्ने औल्याए । “प्रविधिको विकाससँगै पेपरलेस सुरु भइसक्यो, अब अफिसियल प्रिन्टिङका कामहरु, विल विजकहरु अधिकांस संस्थाहरुले पेपर चलाउन बन्द छाडेको र डिजिटल प्रविधि प्रयोग गरेका छन् अब यसको प्रभाव विस्तारै प्रिन्टिङ व्यवसायमा परेको छ । केही वर्षपछि मुद्रण व्यवसाय सन्चालनमा ठूलो चुनौति थपिने छ त्यसैकारण व्यवसायीहरुको हक हितको लागि एकजुट भएर मुल्य निर्धारण गरेर मात्र काम गर्नुपर्ने अवस्था आएको छ,” उनले भने ।

मुद्रण उद्योग संघ कास्कीका अध्यक्ष चिन्तामणी बास्तोलाले मुद्रण व्यवसायी र मुद्रण पेशाको संरक्षण र सम्वद्र्धनमा लागेको संस्था विचको दुरी विस्तारै बढ्दै गएको देख्दा आफुलाई दुःख लागेको व्यक्त गरे । “हामी काम गर्न तयार छौं, जिम्मेवारी बहन गर्न कुनै चुनौती देखेका छैनौ कम्तिमा तपाईहरुले हामी साथमा छौ भन्ने आभास त दिनुस्,” उनले भने, । मुद्रण व्यवसाय दिनानुदिन धरासय बन्दै गएको, व्यवसायी पलायन भइरहेकामा दुःख लागेको भन्दै उजले अब नयाँ योजनासहित काम गर्नुपर्ने थप चुनौति सिर्जना भएको उल्लेख गरे ।
त्यसै गरी केन्द्रीय सदस्य कोपिला श्रेष्ठले कास्की जिल्लाभित्र मुद्रण व्यवसायमा मजदुरी गर्नेहरुको लागि सहयोग गर्ने उद्देश्यका साथ “किरण स्मृति अक्षयकोष”को स्थापना गरिएको जानकारी गराएकी थिइन् । उनले वार्षिक मुल धन क्षय नुहने गरी व्याज रकमबाट संस्थाको स्थापनाको दिन कार्यविधि अनुसार कार्यक्रम गर्ने बताइन् ।

नेपाल मुद्रण उद्योग महासंघका केन्द्रका निवर्तमान उपाध्यक्ष, कास्कीका सल्लाहकार एवम् संस्थापक पदमलाल श्रेष्ठले मुद्रण उद्योग संघ कास्कीको स्थापनाकालिन अवस्थाको वारेमा जानकारी गराएका थिए । उनले मुद्रण उद्योग संघ कास्की, केन्द्र भन्दा पनि पहिला स्थापना भएको जेठो संस्था रहेको बताए । साथै माघ ११ र १२ गते हुन गइरहेको केन्द्रीय विधान संशोधनमा महासंघले सम्पूर्ण व्यवसायीहरुको हितमा रहने गरी काम गर्न अनुरोध गरेका थिए । नेपाल मुद्रण उद्योग महासंघका केन्द्रीय सदस्य बसन्त बास्तोला, निवर्तमान केन्द्रीय सचिव एवम् संस्थापक जीवन गोर्खाली, महासंघ गण्डकी प्रदेशका अध्यक्ष मनोहर दाहाल, कास्की जिल्लाका सल्लाहकार कृष्णराज ढुंगाना लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।

उक्त कार्यक्रममा नेपाल मुद्रण उद्योग महासंघ गण्डकी प्रदेशका नवनिर्वाचित कार्यसमिति र मुद्रण उद्योग संघ कास्कीका संस्थापकहरुलाई कास्की जिल्लाले बधाई सहित लोगो अंकित पिन र दोसल्ला लगाएर सम्मान गरेको थियो । मुद्रण उद्योग संघ कास्कीका अध्यक्ष चिन्तामणी बास्तोलाको अध्यक्षतामा भएको उक्त कार्यक्रम महासचिव पदम श्रेष्ठले सञ्चालन गरेका थिए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->